पोखरा, १८ पौष –
पोखरा उपमहानगरपालिका कार्यालय वडा नं.१० मा रहेको टोल विकास संस्था वडा समन्वय समिति वडा नं.१० अन्तरगत आवद्ध रहेको माछापुछ्रे टोल विकास संस्थाको चौंथो साधारणसभा तथा दोस्रो अधिवेशन एक कार्यक्रमका बीच ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय रामबजारको सभाहलमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि एवम् टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष सम्मरबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारणसभालाई पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि श्रेष्ठले टोलबासीलाई एकजुट भई टोल विकासका साथसाथै टोलमा आइपर्ने हरेक समस्याको समाधान गर्न टोलका सदस्यहरु लाग्नुपर्ने र टोलमा खानेपानी, सडक, सडकविद्युत जस्ता अतिआवश्यक कार्यलाई प्राथमिकता अनुसार विकास गर्दै वातावरणमैत्री टोल निर्माण गर्नुपर्ने बताउनुभयो ।
उक्त साधारणसभा तथा अधिवेशनमा टोल विकास संस्थाका अध्यक्ष राजु श्रेष्ठले आफ्नो कार्यकालको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै टोलमा अब सोलार लाइट राख्नुपर्ने र त्यसमा युनाइटेड क्लवबाट ६ वटा पोलमा सोलार राख्ने वातवारण तयार भएको बताउनुभयो । उक्त कार्यक्रममा सचिवको प्रतिवेदन जयराम आचार्यले भावी कार्ययोजना र कोषाध्यक्ष गणेश बहादुर खड्काले आर्थिक प्रतिवेदन र सडक निर्माण समितिका कोषाध्यक्ष माया भुजेल (गुरुङ्ले) निर्माणको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभामा दोस्रो अधिवेशनको निर्वाचन समिति संयोजकमा सम्मरबहादुर श्रेष्ठ र सदस्यमा युनाइटेड क्लव पोखराका सचिव लालकाजी गुरुङ्ग र कामना टोल विकास संस्थाका अध्यक्ष कृष्ण बहादुर थापा सदस्य रहेको निर्वाचन समितिले २ वर्षे कार्यकालका लागि नरहरि पनेरुको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गणेश बहादुर खड्का, सचिवमा जयराम आचार्य, सहसचिवमा राजेश्वर थापा, कोषाध्यक्षमा माया भुजेल गुरुङ्ग र सदस्यहरुमा महेन्द्र बोहरा, सुन्दर धिताल, गोमा पौडेल, जमर कुमारी गुरुङ्ग र बेल कुमार श्रेष्ठ रहेका छन् । निर्वाचन समितिका संयोजक सम्मरबहादुर श्रेष्ठले सपथ ग्रहण गरी समितिमा स्वागत गरेका थिए ।
कार्यक्रममा ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय रामबजारकी संचालक गोमा दिदी, नगर महिला समन्वय समिति पोखराका अध्यक्ष पवित्रा देवी गुरुङ्ग, युनाइटेड क्लव पोखराका सचिव लालकाजी गुरुङ्ग, कामना टोल विकास संस्थाका अध्यक्ष कृष्ण बहादुर थापा, माछापुछ्रे बाल क्लवका अध्यक्ष एवम् वडा नं. १० का कोषाध्यक्ष विनिता पनेरु र माछापुछ्रे टोल विकास संस्थाका सल्लाहकार पुरन कुँवर लगायतले टोलमा यस्ता राम्रा कार्य गर्दा सबैमा भाइचारा बढ्ने र वातावरणमैत्री टोल र सामाजिक कार्यमा लाग्न सफल हुने बताउनु भयो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पनेरुले आफ्नो २ वर्षे कार्यकालमा टोललाई एकजुट गराई लागि टोलमा बचत संकलन गरी बाँकी रहेका अधुरा काम पुरा गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरेको उक्त सभामा संस्थाका उपाध्यक्ष नरहरि पनेरुले स्वागत गरेको उक्त कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभा संस्थाका सचिव जयराम आचार्यले संचालन गर्नुभएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution