पोखरा, १७ माघ –
पोखराको महेन्द्रपुलमा रहेको हङकङ हर्वल व्युटि ईन्स्टिच्युटमा आईतबार देखि सिटिईभिटिको परिक्षा सुरु भएको छ । सिटिईभिटि अन्र्तगत राष्ट्रिय सिप परिक्षण समितिले सिटिईभिटिई मान्यता प्राप्त गरेको उक्त इन्स्टिच्युटबाट व्युटिसियन सम्बन्धिको लेवल दुईको परिक्षा सुरु भएको समितिका निर्देशक टैलेन्द्र आचार्यले बताए ।
उक्त परिक्षा माघ २३ गतेसम्म सो ईन्स्टिच्युटमा लिखित तथा प्रयोगात्मक परिक्षाहुने भएको आचार्यले बताए । कास्की, गोर्खा, तनहूँ लगायतका क्षेत्रका एक सय १२ जना व्युटिसियनहरु लेवल दुई र लेवल वानको परिक्षा दिदै गरेको कार्यक्रम व्यवस्थापक सुजना जोशीले बताइन । उनका अनुसार लेवल वानको परिक्षा भने माघ २४ र २५ गते हुने भएको छ । हङकङ हर्वल व्युटि ईन्स्टिच्युटमा सिटिईभिटि अन्र्तगतको व्युटिसियन सम्बन्धिको परिक्षा आगामी दुई बर्ष सम्म हुने भएको ईन्स्टिच्युटका संचालक मीना गुरुङले बताईन ।
पोखरा क्षेत्रका व्युटिसियनहरुको लागि परिक्षा दिन सहज होस भन्ने उद्धेश्यले आफुले उक्त ईन्स्टिच्युटमा परिक्षा केन्द्रको रुपमा सिटिईभिटिसंग समन्वय गरी परिक्षा केन्द्रको रुपमा काम गर्दै आएको गुरुङले बताईन । पछिल्लो क्रममा व्युटिसियन सम्बन्धि तालिम पश्चात व्युटि एकेडेमी हुदै प्रशोधनका सामाग्रिहरुसमेत आफ्नो ईन्ष्टिच्युटबाट उत्पादन गर्ने उद्धेश्य रहेको संचालक गुरुङले बताईन ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution