कास्की काङ्ग्रेसको प्रशिक्षण

पोखरा, १८ बैशाख-

 नेपाली काङ्ग्रेस कास्कीले पोखरामा शनिवार प्रशिक्षण कार्यक्रम गरेको छ।गाउँ र वडा समितिका पदाधिकारीहरुलाई लक्षित गरी आयोजना गरिएको प्रशिक्षणमा गाउँ÷वडा समितिका सभापति, सचिव र अगुवा कार्यकर्ता गरी दुई सयभन्दा बढिको सहभागिता रहेको थियो।१३ औ महाधिवेशनपछिको पार्टीको नीति तथा कार्यक्रम र स्थानीय तहको निर्वाचनमा पार्टीले खेल्नुपर्ने भुमिका बारेमा प्रशिक्षित गर्न कार्यक्रम गरिएको कास्की काङ्ग्रेसका सदस्य नवीन सिग्देलले जानकारी दिए।

प्रशिक्षणमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य जीवन परियारले स्थानीय तहको निर्वाचनमा पार्टीको भुमिका र महाधिवेशन प्रतिनिधि देवराज चालिसेले १३ औ महाधिवेशनपछिको पार्टीको नीति तथा कार्यक्रम र सरकारका गतिविधिको विषयमा सहजीकरण गरेका थिए।कार्यक्रममा बोल्दै कास्की काङ्ग्रेसका सभापति कृष्ण के.सीले पार्टीलाई बैचारिक रुपमा शशक्त बनाउन यस्ता कार्यक्रम आवश्यक भएको उल्लेख गरे।उनले सरकारले कालोबजारी, तस्करी र भ्रष्टाचार गरिरहेको आरोप लगाउँदै त्यस्ता विषयलाई गाउँ÷गाउँसम्म भण्डाफोर गर्नुपर्नेमा जोड दिए।

यसअघि द्वन्द्वका बेला मारिएका पार्टीका सहिद परिवारका सदस्यहरु मेखबहादुर गुरुङ, गङ्गादेवी पालिखे, सन्तकुमारी गुरुङ, रामचन्द्र रानाभाट र सोमबहादुर गुरुङले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए। नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण के.सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति हरि आचार्यले स्वागत, कोषाध्यक्ष लक्ष्मी पाण्डेले धन्यवाद ज्ञापन र सचिव रामराज लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button