चित्रे (पर्वत), १७ जेठ –
सरसफाई तथा बालमैत्री गतिविधिमा महिलाहरुको भूमिका विषयक ३ दिवसीय तालिम कार्यक्रम चित्रेमा सम्पन्न भएको छ । महिलाहरुमा अन्तरनिहित प्रतिभालाई बाहिर प्रष्फुटन गर्न सहयोग पुर्याउने र उनीहरुलाई समुदायको विकास निर्माणका क्रियाकलापमा सक्रिय सहभागी गराउन उत्प्रेरित गर्ने उद्देश्यले यही जेठ १४ देखि १६ गतेसम्म तालिम आयोजना गरिएको हो ।
हाम्रो चाहना – उद्यमशील, आत्मनिर्भर, सभ्य र समृद्ध समाजको सिर्जना भन्ने मूल नाराका साथ विसं। २०६७ सालमा स्थापना भएको महिला सञ्चाल चित्रेको आयोजना तथा चित्रे गाविस कार्यालयको आर्थिक सहयोगमा तालिम कार्यक्रम सम्पन्न गरिएको सञ्जालका अध्यक्ष सविना एसीले बताउनुभयो । स्वास्थ्य, सरसफाई, शिक्षा, उद्यमशीलता, बालमैत्री गाविस, स्थानीय आवश्यकता, सम्भावना, चुनौती र महिलाले निर्वाह गर्न सक्ने भूमिकाका बारेमा चर्चापरिचर्चा र सहभागितामूलक छलफल गरिएको तालिममा चित्रेका नौ ओटा वडाका कूल ९६ जना महिलाहरुको सहभागिता रहेको कुरा सञ्जालका कोषाध्यक्ष सुशीलादेवी गुरुङले जानकारी दिनुभयो ।
तालिमको समापन शत्रमा नेपाली काँग्रेसका बुद्धिबहादुर विक, नेकपा एमालेका राजेन्द्र केसी, गाविस सचिव गोकुल शर्मा, चित्रे ग्रामीण पर्यटकीय सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष सुकबहादुर गुरुङ र सहभागीका तर्फबाट बिष्णुकुमारी गुरुङ र रामकुमारी विकले आ⎼आफ्नो मन्तव्य राख्दै तालिममा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो । तालिममा सहभागी महिलाहरुले गाउँको सरसफाई, छात्रा शिक्षा, उद्यमशीलता र बालमैत्री गाविस घोषणा तयारी सम्बन्धमा आफूहरुले सम्पादन गर्ने गतिविधिहरुको कार्ययोजना पनि बनाएका थिए ।
सञ्जालका कोषाध्यक्ष सुशिलादेवी गुरुङले सञ्चालन गर्नुभएको समापन शत्रमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका बोर्ड सदस्य तथा जिल्ला सञ्जाल पर्वतका संयोजक एवम् तालिमका प्रमुख सहजकर्ता राजेन्द्र पहाडी र शिक्षक मधुसोधन अधिकारीले पनि आफ्नो मन्तव्य राख्दै हाम्रो चित्रे – राम्रो चित्रे बनाउने अभियानमा महिलाहरुको अग्रसरता प्रभावकारी हुने भएकाले सहभागी आफैले बनाएको कार्ययोजना कार्यान्वयन गर्न इमान्दारीपूर्वक लाग्न सहभागी महिलाहरुलाई आग्रह गर्नुभएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution