गोरु काटेको आरोपमा पाँच पक्राउ

रत्ननगर (चितवन), २८ जेठ –

गोरु काटेको आरोपमा चितवनको माडीबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

माडीको चितापुल नजिकै सिसौघारीमा काटेर फ्याँकेको गोरु फेला परेको र बुझ्दै जाँदा उनीहरु संलग्न रहेको भन्ने जानकारीका आधारमा बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

माडी–३ की सुनिता नेपाली, माडी–४ को १६ वर्षीय सागर नेपाली, सोही ठाउँका १९ वर्षीय शिव नेपाली, माडी–४ का २५ वर्षीय जीवन नेपाली र माडीकै ४५ वर्षीया कोपिला नेपालीलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरुलाई अहिले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याइएको छ । पक्राउ परेकालाई गौबध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button