राष्ट्रियताका पक्षमा कलम चलाउन मन्त्रीको आग्रह

काठमाडौँ, २९ जेठ –

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री आनन्दप्रसाद पोखरेलले साहित्यकारले आर्थिक समृद्धि र राष्ट्रियताको संवद्र्धनका लागि कलम चलाउनुपर्ने बताउनुभएको छ ।

सांस्कृतिक संस्थान र फेमकुमारी–डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानले आज यहाँ आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा मन्त्री पोखरेलले लोकतन्त्रको विगुल फुकेर आन्दोलनमा योगदान गर्ने स्रष्टाले अबको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, आर्थिक समृद्धि र राष्ट्रियताको संवद्र्धनका लागि चिन्तनशील हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले पुनःनिर्माण अभियानमा पनि लेखकका कलमले सघाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्राज्ञ गायत्री विष्टको ‘कामरेडको कथा’ (कथा सङ्ग्रह) का लागि ‘फेडोल सिर्जना उत्कृष्ट पुरस्कार’ प्रदान गरियो । सो पुरस्कार रु १० हजार राशिको छ । साहित्यकार राममणि ढुङ्गेलले आफ्ना माता पिताका नाममा प्रतिष्ठान स्थापना गरी पुरस्कार वितरणको परम्परा प्रारम्भ गर्नुभएको हो । विष्ट बाल साहित्य, कविता, अनुवाद र सम्पादनका साथै साहित्यिक सङ्गठनका क्षेत्रमा पनि कार्यरत हुनुहुन्छ ।

कार्यक्रममा समालोचक प्रा राजेन्द्र सुवेदी, डा जीवेन्द्रदेव गिरी र प्राज्ञ सुलोचना मानन्धरले पुरस्कृत व्यक्तित्व विष्टको साहित्यिक योगदानबारे परिचर्चा गर्नुभएको थियो । पुरस्कृत विष्टले आफू समाज परिवर्तनका लागि निरन्तर साहित्यमा क्रियाशील रहने प्रण गर्नुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button