बनेपा, १ असार –
काभ्रेपलाञ्चोकको गैरीबिसौना देउपुरमा रहेको एनसेलको टावरमा क्षति पु¥याएको जनाई प्रहरीले मङ्गलबार चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–६ का २७ वर्षीय रमन परियार, पाँचखाल–३ का ३७ वर्षीय लालबहादुर विक, पनौती नगरपालिका–११ का ४३ वर्षीय श्याम श्रेष्ठ र नयाँगाउँ देउपुर–३ चमारसिंह तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेकपा माओवादीका जिल्लास्तरीय ती नेतालाई आगजनी मुद्दामा जिल्ला अदालत, धुलिखेलबाट म्याद थप गरी अनुसन्धान भइरेहको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । उनीहरुलाई यही जेठ २९ गते राति एनसेल टावरमा क्षति पु¥याएको आरोप लगाइएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution