जनश्रमदानबाट तीन किमी मोटरबाटो निर्मित

सल्यान, १ असार –

कारागिठी गाविसका बासिन्दाले जनश्रमदानबाट तीन किमी मोटरबाटो निर्माण गरेका छन् । गाविसका शङ्खपिपल तिर्थे, आरिङ्गाले फेदी हुँदै शारदा नगरपालिका–११ खैरावाङ जोड्ने सडक स्थानीयवासीको सक्रियतामा बनेको हो ।

कारागिठी–१, २ र ३ का ११० घरधुरीले सडक निर्माणका लागि सङ्कलन गरेको रु चार लाख ५७ हजार ३०० कोे लागतमा सडक निर्माण गरिएको मोटरबाटो निर्माण समितिका अध्यक्ष प्रेमबहादुर राम्जाले जानकारी दिनुभयो ।

सडक निर्माणसँगै गाउँभित्रका कृषिजन्य उपजको निर्यात गर्न सजिलो हुनेभएको छ । सडक नहुँदा गाउँमा कृषि उपजको निकासीमा समस्या परेको थियो । अब गाउँमै गाडी पुगेपछि सहज हुने छ । गाउँमै गाडी पुगेपछि स्थानीयवासीले गाडी चालकलाई फूलमालाले स्वागत गरेका थिए । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button