राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान कास्कीको अधिवेशन हुँदै

पोखरा, १ असार –

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान कास्कीको छैटौं अधिवेशन असार ५ गते हुने भएको छ । सो बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कास्कीका अध्यक्ष शिवहरी ढुगांनाले अधिवेशन पूर्व सोही दिन चिप्लेढुङ्गाबाट रयालीको समेत निकालिने जानकारी दिए ।

छैटौ अधिवेशनमा कास्की जिल्ला भित्र तिन विविध विद्याका कलाकार हरुलाई नगद पुरुस्कार सहित सम्मान गरिने भएको छ । जस अनुसार उच्च शैक्षिक योग्यता सहित लामो समय देखि आफ्नो पेशालाई निरन्तरता दिएको एक जना, वाद्यवादक एक जना र आफ्नै सिर्जना तथा स्वरमा गित प्रस्तुत गर्ने कलाकारलाई सम्मान गरिने छ ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका संरक्षक एवम वरिष्ठ लोक दोहदोरी गाएक प्रजापती पराजुली, पुरोषत्तम न्यौपाने जिल्लाकार्य समितिका वरिष्ठ उपाध्यक्ष प्रेम राज अधिकारी लगाएतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button