मालेपाटन खेल मैदानको स्तरन्नोती गरिने

पोखरा, १ असार –

पोखरा उपमहानगर पालिका ५ मा रहेको खेल मैदानको स्तरन्नोती गरि कास्की क्षेत्र नं ३ को मुख्य खेल मैदानको रुपमा विकास गरिने भएको छ । २०१४ सालमा बाराही उच्च मावीको स्थापना पश्चात स्थानिय बासिहरुले विद्यालयको खेल मैदानको रुपमा संरक्षण गर्दै आइरहेका थिए ।

३३ रोपनी क्षेत्रफलमा फैलिएको उक्त खेल मैदान लामो समय देखि संरक्षणको अभाव खेप्दै आएको थियो । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको पहलमा खेल मैदान संरक्षणका साथै स्त्तरन्नोती गर्न लागिएको समितिका अध्यक्ष खगराज पौडेलले बताए ।

हालका लागि राष्ट्रिय खेलकुद परिषदले करिव ४३ लाख रुपैंया छुटट्याएको छ । मैदानलाई चौतर्फी रुपमा तार जालीले घेरिने र सम्म्याउने कार्य गरिने गरिने अध्यक्ष पौडेलले जानकारी गराए । उनले मालेपाटन खेल मैदानलाई पोखरा रंगशाला पछिको वैकल्पिक खेल मैदानको रुपमा विकास गरिने उल्लेख गरे । बुधवार एक समारोहका बिच अध्यक्ष पौडेल र शसस्त्र प्रहरी मुक्तिनाथ बाहिनीका बाहिनी पति प्रहरी नायव महानिरिक्षक नरेन्द्र कुमार सिंहले संयुक्त रुपमा शिलन्यास गरे।

शिलन्यास कार्यक्रममा नेकपा एमाले कास्की क्षेत्र नं ३ का अध्यक्ष धन वहादुर नेपाली, नेपाली काग्रेसका स्थनिय नेता पुरोषत्तम पराजुलीले खेलकुद मैदानको आवश्यक्ता र खेलकुद पूर्वाधार विकासका बारेमा बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button