पोखरान्युजडटकम , ६ असार –
सत्य निरूपण तथा मेलमिलाप आयोगमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र पूर्व स्वास्थ्य राज्यमन्त्री धर्मशीला चापागाईंविरुद्ध गम्भीर मानवअधिकार उल्लङ्घन गरेको भन्दै झापामा उजुरी परेको छ ।
नयाँ शक्ति पार्टीका संयोजकसमेत रहनुभएका डा भट्टराई तत्कालीन समयमा नेकपा माओवादीमा प्रमुख जिम्मेवार रहेको तथा चापागाईं इलाममा पार्टीको जिम्मेवार तहमा रहेका बेला शान्तिपुर–३ इलामका चन्द्रकान्त भट्टराईको हत्या भएको भन्दै उहाँहरुविरुद्ध आरोप लगाइएको छ ।
विसं २०५६ कात्तिक २४ गते राति १० बजे घरमा सुतिरहेका बेला बन्दुक, पटका, बन्चरो, कत्ती, खुकुरीजस्ता घरेलु हतियार प्रयोग गरी ५७ वर्षीय भट्टराईको हत्या गरिएको भनी उनका छोरा ऋतुपर्ण भट्टराईले स्थानीय शान्ति समितिमार्फत सत्य निरूपण तथा मेलमिलाप आयोगमा खुल्ला उजुरी दिनुभएको छ ।
उक्त जघन्य अपराधमा दमक, बाह्रघरेका टङ्क ढकालको समेत संलग्नता रहेको उजुरीमा दाबी गरिएको छ ।
घटनास्थलबाट प्राप्त सबुत त्यसैबेला जिल्ला प्रहरी कार्यालयमा पेस गरेको उल्लेख गर्दै ऋतुपर्णले न्याय दिलाई पाऊँ भनी उजुरी गरेका छन् । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution