काठमाडौँ, ६ असार –
उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले अफगानिस्तानको काबुलमा आज बिहान भएको घटनामा परेर १४ नेपालीको ज्यान गएको जानकारी दिनुभएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा उक्त घटनाको जानकारी दिँदै उहाँले यस घटनामा परी घाइते भएका पाँच जनाको त्यहाँस्थित अस्पतालमा उपचार भइरहेको बताउनुभयो ।
रोजगारीका सिलसिलामा काबुल पुगेका निहत्था निर्दोष नेपाली नागरिकमाथि भएको उक्त घटनालाई मानवता विरोधी अपराधको सङ्ज्ञा दिँदै उपप्रधानमन्त्री थापाले घटनाको नेपाल सरकारले घोर भत्र्सना र निन्दा गरेको जानकारी दिनुभयो । त्यहाँस्थित एक बेलायती कम्पनीमा कार्यरत नेपाली कम्पनीबाट क्यानाडेली दूतावासतर्फ जाने क्रममा मिनीबसमा सवार व्यक्तिहरु आज बिहान ५ः४० बजे आक्रमणकारीको आत्मघाती बम हमला परेको मन्त्री थापाले जानकारी दिनुभयो ।
घटनामा परेर दिवङ्गत भएका नेपालीको शव स्वदेश ल्याउन तथा घाइतेको उपचार लगायतको व्यवस्था मिलाउन पाकिस्तानस्थित कार्यवाहक राजदूतलाई त्यसतर्फ तत्काल जान निर्देशन दिइसकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार घटनामा ज्यान गुमाउने नेपालीका परिवारलाई आवश्यक सूचना प्रवाह गर्न तथा अन्य सहयोग पु¥याउन परराष्ट्र मन्त्रालयमा डेक्स स्थापना गरिएको छ ।
सरकारले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा गर्न त्यहाँको सरकारको ध्यानाकर्षण गराउनुका अपराधीलाई तत्कालै कानुनी कठघरामा ल्याउन माग गरिएको पनि उहाँले जानकारी दिनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution