पोखरान्युजडटकम, ७ असार –
समाजसेवि जेपि क्रसले बास्केटबल खेलको विकासको लागि बास्केटबल अक्षयकोषमा ४ लाख ९३ हजार रुपैया सहयोग गरेका छन। बेलायतमा जन्मेका जेपि क्रम पोखरालाई कर्मथलो बनाउदै सामाजिक क्षेत्रमा सहयोग गर्दै आउने क्रममा मंगलबार उनले आफ्नो ९३ औं जन्म दिनको अवसरमा कास्की जिल्ला बास्केटवल संघलाई उक्त रकम हस्तान्तरण गरेका हुन ।
संघद्धारा स्थापना गरीएको बास्केटबल अक्षयकोषमा उक्त रकम बराबरको चेक नेपाल बास्केटबल संघका उपाध्यक्ष एवं संघ कास्कीका पुर्व अध्यक्ष जुम प्रसाद गुरुङलाई मंगलबार हस्तान्तरण गरेका हुन । संघले हरेक बर्ष आयोजना गर्दै आएको अन्तर बिद्यालय छात्र-छात्रा वास्केटवल प्रतियोगितालाई समाजसेवि जेपि क्रसले विगतका बर्ष देखि मुख्य प्रयोजन गर्दै आएका छन । बास्केटबल खेलको विकाससंगै उक्त प्रतियोगितालाई दिगो रुपमा संचालनको लागि उक्त अक्षयकोषमा सहयोग रकम प्रदान गरेको जेपि क्रसले बताए ।
जेपि क्रसले दिएको उक्त रकमलाई संहि ढंगले अक्षयकोषमा राखेर हरेक बर्ष आएको व्याजले बास्केटबल खेलको विकासमा खर्चीने भएको संघ कास्कीका अध्यक्ष नेत्र सेनले बताए । नेपाल ह्याण्डवल संघका अध्यक्ष एंव नेपाल ओलम्पीक कमिटिका सदस्य तेज बहादुर गुरुङले खेलकुदको दिगो विकासको लागि खेलकुद अक्षयकोष आवश्यक भएको बताउदै जेपि क्रसको जन्म दिनको शुभकामना दिएका थिए । विगत ७२ बर्ष देखि नेपाल बस्दै आएका उनले दुई बर्ष अघि मात्र नेपाली नागरीकताको प्रमाणपत्र लिएका छन।
संघ कास्कीका अध्यक्ष नेत्र सेनको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङ, जेपि क्रसका धर्मछोरा बुद्धिमान गुरुङ, पोखरा उपमहानगरपालीका कार्यालयका कानुनि अधिकृत नारायण प्रसाद शर्मा, सचिव ध्वज कुमार गुरुङ, कोषाध्यक्ष कृष्ण गुरुङ लगायतले जेपि क्रसको जन्म दिनको अवसरमा शुभकामना दिदै खेलकुदको विकासको लागि अक्षयकोष आवश्यक भएको बताएका थिए। उक्त अवसरमा जेपि क्रसको जन्म दिनको केक समेत काटिएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution