प्रमको राजीनामा पर्खिरहेका छौँ – सभापति देउवा

काठमाडौँ, २९ असार –

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अल्पमतमा परेको हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नेका संसदीय दल तथा काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यसहितको आज बसेको संयुक्त बैठकबाट बाहिरिने क्रममा उहाँले नेकाले प्रम ओलीको राजीनामा पर्खिरहेको सङ्क्षिप्त प्रतिक्रिया दिनुभयो ।

नयाँ बानेश्वरस्थित संसद्भवनमा सो बैठक बसेको थियो । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका सभापति देउवाले एमाले त तपार्इंलाई प्रम पदमा प्रस्ताव एवम् समर्थन गर्दैछ हो रु भन्ने जिज्ञासामा सो प्रस्ताव ढिलो भयो भन्ने जवाफ दिनुभयो ।

उहाँले संविधान कार्यान्वनका लागि दलहरुका बीचमा सहमति र सहकार्य आवश्यक भएकामा जोड दिनुभयो । दोस्रो संविधानसभाको निर्वाचनमा नेका सदनमा पहिलो पार्टीका निर्वाचित भएको थियो । सदनमा उसको २०७ सिट छ ।

सत्ता साझेदार नेकपा९माओवादी केन्द्र०ले मङ्गलबार सरकारबाट बाहिरिने निर्णय गरेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्न नेका र केन्द्रका बीचमा सहमति भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button