वाढीले पोखराको टास्क हाईड्रो पावरमा ९ करोड भन्दा बढीको क्षति

पोखरा २३, भदौ –
बुधबार परेको भिषण बर्षाले गर्दा पोखराको टास्क हाईड्रो पावरमा ठुलो क्षति भएको छ ।

बुधबार मध्य रातमा आएको विजयपुरखोलाको बाढीले हाईड्रोपावरको ट्रान्सफर्रमर सहित बिद्युतिय उपकरणहरु बढीले बगाउदा ठुलो क्षति भएको टास्क हाईड्रो पावरका परियोजना प्रसासन प्रमुख लेखनाथ देवकोटाले बताए । विजयपुर खोलाको बाढीले उक्त हाईड्रोपावरको सिटिपिटि, भिसिबी, कनेक्टीङवार, डिक्सपिन, इन्ड्रस्ट्रीयल फेन, केवलवार, भिसीडी पोल, सुरक्षा गार्डको कोठासहित महत्वपुर्ण बिद्युतिय बस्तुहरु बाढीले क्षेति पुराएको परियोजना प्रसासन प्रमुख देवकोटाले बताए । बुधबार वेलुका १० बजेको समयमा विजयपुरको खोलामा पानीको वहाव बढेर आएकोले उक्त बाढीले टास्क हाइड्रोपावरमा क्षति पुराएको देवकोटाले जनाए ।

प्रारम्भीक रुपमा करीब ९ करोडको क्षति भएको देखिए पनि यसको प्राविधिक टोलीद्धारा यसको विस्तृत विवरण आउन केहि समय लाग्ने उनले बताए । उनले भने “ हामीले झट्ट हेर्दा करीब ९÷१० करोड मुल्य बराबरको क्षति पुगेको छ, पावर हाउस देखि प्राधिकरण पेट्रोलीङ (निरिक्षण) विवरण आउन बाँकी छ । ” उक्त हाइृड्रोपावरको मेसिनहरु रहेको भवन समेत पहिरोको उच्च जोखिममा परेको छ ।

२०६५ सालमा देखि १ मेगावाट बिद्युत उत्पादन हुदै आएको उक्त हाईड्रोवरमा बाढीले क्षत्रि पुराएपछि हाल बिद्युत उत्पादन समेत रोकिएको देवकोटाले जनाए । करीब २५ करोड लागतमा उक्त हाईड्रो पावर निमार्ण भएको बताइृन्छ । उक्त हाईड्रोपावरमा बिद्युत उत्पादन गर्न रोकिए पनि काँहुखोलाबाट पावर हाउसमा जाने पानी पनि मुहानबाट हाल वन्द गरीएको छ । विजयपुर खोला क्षेत्रमा गएराति ठुलो बाढी आएको त्यसै क्रममा हाईड्रोपावर रहेको क्षेत्रको पश्चिम दक्षिण क्षेत्रको भिरबाट ठुलो पहिरो गएको कारणले गर्दा हाईड्रोपावरमा ठुलो क्षेति पुग्न गएको स्थानीय देवेन्द्र रानाभाटले बताए । गएराति आएको बाढीले उक्त हाईड्रो पावर सहित पोखराका विभिन्न क्षेत्रमा क्षति पुराएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button