स्पोर्टी स्कुटर रे जेडआर पोखरामा

पोखरा, २३ भदौ-

पोखरामा विभिन्न ब्राण्डका स्कुटर भित्रिने क्रममा पछिल्लो क्रममा यामाहाको नयाँ उत्पादन ‘रे जेडआर’ भित्रिएको छ । पोखरा नयाँबजारमा रहेकोे यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता विश्वकर्मा अटो वक्र्सले उक्त स्कुटर पोखराको बजारमा उपलब्ध गराएको हो ।

स्पोर्टी र हेभी स्कुटरमा बलियो फ्रन्ट मास्क, सीधा रेखाहरु र गतिको आभाष दिलाउने ग्राफिक्स कोरिएकाले यो स्कुटी चलाउन सजिलो हुने भएको विश्वकर्मा अटो वक्र्सका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले बताए । ११३ सीसी ब्लु कोर इञ्जिन जोडिएको यस स्कुटरमा एयर कुल्ड फोर स्ट्रोक र एसओएचसी जडान गरिएको श्रेष्ठले बताए । यो स्कुटीले प्रतिलिटर ६६ किलोमिटर माइलेज दिने दाबी गरे पनि नेपाली सडकमा करीब ४८ किलोमिटर माईलेज दिने जनाइएको छ । यामाहाको नयाँ उत्पादन ‘रे जेडआर’ स्पोर्टी दुई कलरमा उपलब्ध छ ।

स्कुटरमा कि सटर लकिङ सिस्टम राखिएकाले यसले चोरी हुनबाट जोगाउने सकिने भएको मोरङ अटोका प्रकाश देवकोटाले बताए । उनले दशै अवसरमा हरेक हप्तामा एक जनालाई जापान घुम्न जाने लक्की ड्र गरने बताए । डिस र नन डिसमा उपलब्ध भएको उक्त स्कुटरको मुल्य एक लाख ९२ हजार ९ सय र नन डिस को १ लाख ८४ हजार ९ सय रुपैया पर्ने भएको कम्पनीले जनाएको छ । उक्त स्कुटरमा साँढे ५ लिटर क्षमताको ट्याङकी भएको रहेको छ । दशैं पर्वको अवसरमा उक्त स्कुटर किन्दा न्युनतम ८ हजार छुट दिने भएको छ ।

यसै बिच, पोखरामा विहीबार एक समारोहका विच उक्त स्कुटरको सार्वजनीक गरीएको छ । समाजसेवी तथा तमु धिँ नेपालका अध्यक्ष कर्म तमुले उक्त स्कुटर सार्वजनिक गर्दैै रे जेडआर खरिद गर्ने पहिलो दुई जना ग्राहकलाई चावी समेत हस्तान्तरण गरीन । उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, निसान अटोका संचालक शिव श्रेष्ठ लगायतले वोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button