व्यवसायी साथीहरुको विश्वास र अमूल्य मत खेरा जान दिन्न – यदुनाथ अधिकारी (क्र.सं. १७)

सबै उद्योगी ब्यबसायीहरुलाई समेटनु  प्रमुख दायित्व,

यदुनाथ अधिकारी

कार्यकारिणी सदस्य उम्मेदवार (क्र.सं. १७)

पोखरा उद्योग वाणिज्य संघ-

व्यवसायीहरुको छाता संगठन पोखराको गर्वीलो इतिहास बनाएको पोखरा उद्योग बाणिज्य संघको ३१ औं महाधिवेसनको चुनावी मैदानहुदै  म तपाई सम्पुर्ण पोखरेली व्यवसायीहरुको माझमा आएको छु । यस बर्ष देखि संघको विधान सम्सोधन भएकोले हामी चुनावी अभियानमा अझ बढी दौड धुप गरिरहेका छौ  ।

संघमा मैले  सदस्यको उम्मेदवारी दिएर तपाईकहरुको घर आगनमा भ्याएसम्म र सम्भव भएसम्म आउदै छु भने  केहि साथीहरुको  घर आगनमा आईसकेको  पनि छु  । ‘सामाजिक रुपान्तरणका लागि उद्यमी व्यवसायी,उद्योग व्यबसायको  संरक्षण र प्रबर्द्धनका  लागि सबल र सक्षम नेतृत्व’ नाराका साथ बिगत एक दशक भन्दा लामो समय देखि व्यवसायिक तथा उद्योग क्षेत्रमा म संलग्न हुदै आएको छु ।yadunath-adhikari

संघको चुनावी प्रचार अभियानमा घर दैलो कार्यक्रममा  हिड्ने क्रममा मैले देख्दा भोग्दा थप  सुधारका विषयहरु पाएको छु । उद्योगी ब्यबसायी साथीहरुको अमुल्य मतमार्फत  म चुनिनासाथ सर्वप्रथम  पोखरा क्षेत्रमा रहनुभएका र करको दायरामा आएर पनि  संघ भन्दा बाहिर रहनुभएका  साथीहरुलाई संघमा आवद्ध गराउन हर तरफले पहल गर्ने छु । यो  संघ सबैको साझा सस्था हो ,संघमा धेरै  पोखरेली उद्योग व्यावसयि साथीहरु संघ भन्दा बाहिर हुनुहुन्छ उहाँहरुलाई यो  संघ भित्र ल्याउनु हाम्रो दायित्व हो भने संघमा आवद्ध साथीहरुको हक हितमा आवाज उठाउनु र लागिपर्नु हाम्रो कर्तव्य हो ।

पोखरा अन्तराष्ट्रिय शहर उन्मुख भएकोले पोखराको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न र सरकारी तवरवाट नै पर्यटन क्षेत्रलार्इं उद्योगको रुपमा विकास गराउन हामीले दवाव दिनै पर्छ । यस क्षेत्रका ठुला तथा मझौला उद्योग धन्दालाई बढवा दिन उनीहरुले तिरेको करको मुल्यांकन गर्दै  राज्यको तर्फबाट सेवा सुबिधा दिनुपर्छ र राज्यले उनीहरुलाई हेर्ने दृष्टिकोणमा ब्यापक परिर्वतन ल्याउनु पर्दछ । यहाँका ठुला घरानाका उद्योगिहरुलाई यस क्षेत्रमा अरु थप लगानी बढाउन सरकारले प्रोत्साहन गर्न बिषेश सुविधा दिने कुरा उठाउनु पर्दछ ।

देशमा अस्थिर राजनीतिकका कारणले गर्दा जता हेर्यो उतै समस्या छ । त्यसबाट हाम्रा उद्योगी व्यवसायीहरु पनि अछुतो रहेका छैनन । कहिले कुन वहानामा वन्द हड्ताल त कहिले चन्दा आतङक, निजी क्षेत्रका व्यवसायीहरुको सुरक्षाको ग्यारेन्टी राज्यले लिनुपर्छ । यहाँ लगानी मैत्रि वातावरण वनाएर भएका श्रोतसाधनलाई प्रायोग गरी परनिर्भतालाई विस्तारै कम गर्दै आत्म निर्भरतामा जानु पर्दछ । स्थानीय उत्पादन, स्थानीय श्रोत साधनलाई सहि ढंगले प्रयोग गर्ने वातावरण सृजना गर्न संघको ठुलो भुमिका रहन्छ । गत बर्ष नेपाल माथि भारतले गरेको नाका वन्दीबाट अब हामी नेपालीले के के पाठ सिक्ने त्यो तर्फ सचेत रहदै  उत्पादनलाई बढावा दिने खालका  उधोग संचालनको लागी अग्रसर हुनु  छ र सम्बन्धित निकायलाइ खबरदारी पनि गर्ने पर्दछ ।

म पदका लागि मात्र यो चुनावी मैदानमा छैन केही काम गरेर देखाउने उद्धेश्यले दृढ संकल्पका साथ अघि बढेको छु । म संघमा सदस्यको रुपमा आए पनि नआए पनि संघ प्रति मेरो दृष्टिकोणमा कुनै फरक मत हुने छैन सदस्यमा आए जिम्मेवारीका हिसावले आफ्नो  जिम्मेवार वहन गर्न पटक्कै  पछि पर्ने छैन। मैले माथि उठान गरेका विषयबस्तुहरुलाई लागु गराउन मा हरदम लागी -परिनैरहनेछु ।

मा आफु १५ वर्षदेखि रियलस्टेट, बैंकिङ, इन्भेष्टमेन्ट प्रालिमा आवद्ध हुदै आएको छु भने पछिल्लो ५ वर्षदेखि अन्नपूर्णyadunath-adhikari-involvement फुड्स एण्ड बेभरेज प्रालिको उत्पादन सोल्टी पानी बजारमा उपलब्ध छ । कर तथा घरभाडाका समस्या, समयसमयमा हुने बन्द तथा हडतालका समस्याहरु, व्यवसायीहरुबीचको अस्वस्थ प्रतिस्पर्धाले निम्त्याउने समस्याहरु, उद्योगमा मजदुरहरुका समस्या छन् । ती समस्याहरुको निकारणका लागि मैले आफ्नो तर्फबाट सक्दो पहल गर्ने छु भने व्यवसायिक कृषि उत्पादनमा हाम्रो ध्यान जानै पर्छ । पुनश्चः सम्पुर्ण पोखरेली उद्योग व्यवसायी मित्रहरु आज तपाईहरुले दिएको एक अमुल्य मतले भोलि पोखराको आर्थिक समृद्धि र पोखराको दिगो विकासमा हामीले केहि गर्न सक्छौं । हामी जस्तो युवा व्यवसायीहरु संघमा आवश्यक भएको महशुस गरेर केहि व्यवसायी मित्रहरुको अनुरोधसंगै आफ्नो दृढ चाहनाका साथ म यो चुनावी मैदानमा भएको पनि सहर्ष जानकारी  गराउदछु ।

अन्त्यमा म तपाईकहरुको घर आगनमा भ्याएसम्म र सम्भव भएसम्म आउदै छु यदि केहिगरी मैले कसैलाई छुटाएछु भने पनि अन्यथा लिइदिनुहुनेछैन र आफ्नै साथीभाई सम्झेर क्षमा गरिदिनुहुनेछ भन्ने विश्वाशका साथ तपाईहरुको अमुल्य मतको लागी बिनम्र अनुरोध गर्दै  तपाइहरुको म प्रतिको विश्वास र अमुल्य मतलाइ  खेरा जान नदिने बाचा गर्दछु ।

धन्यवाद , नमस्कार  

कार्यकारिणी सदस्य उम्मेदवार क्र.सं. १७

प्रस्तुतीः पोखरा न्युज डटकम, पोखरा

yadunath-adhikari-pcci-election-2

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. हुनत तपाईंको प्रतिबद्धता हेर्दा निकै राम्रो छ।तर तपाईको चुनावी प्रतिस्पर्धा प्यानल वाईज थियो। अहिले जुन प्रतिबधता देखाउनु भएको छ त्यो ब्यक्तिगत मात्रै देखिन्छ ,आफ्नो प्यानलको होइन होला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button