संगम कप सेभेन ए साईड फुटबल प्रतियोगिताको शनिबार सेमिफाईनल र फाईनल खेल हुने

पोखरा –

पोखरामा जारी संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता २०७३ अन्र्तगत भोलि (शनिबार) सेमिफाईनका खेल सहित फाईनल खेल हुने भएको छ ।

माछापोखरी खेल मैदानमा शनिबार विहान ८ः३० बजे पछि बी थट्टीन बी र दिव्य ज्योति क्लव बिच पहिलो सेमिफाईनल खेल हुने भएको छ । त्यसै गरी आयोजक संगम क्लव बिरुद्ध एल.जी. एशोसिएसन बिच दोश्रो सेमिफाईनल खेल हुने भएको सह–संयोजक विवेक गुरुङले बताए । उनका अनुसार दिउँसो २ः३० बजेपछि फाईनल खेल हुने भएको छ ।

सुक्रबार भएको पहिलो क्वाटर फाईनल खेलमा बी थट्टीन बीले एकता एफ.सी.लाई २–१ को गोल अन्तरले पराजित गरेको छ । बी थट्टीन बीको जितमा विश्वास श्रेष्ठर हरी गुरुङले एक एक गोलको योगदान दिएभने एकताको तर्फबाट विशाल वानियाले एक गोल गरे । खेलमा एकताका मनोज गुरुङ म्यान अफ दी म्याच घोषित भए । दोश्रो खेलमा दिव्य ज्योतिले ए.वाई.सी. भण्डारढिकलाई टाईब्रेकरमा ३–२ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुबै तर्फ एक एक गोल भएको थियो । भण्डारढिकका सुवास तामाङ खेलमा म्यान अफ दी म्याच घोषित भए ।

तेश्रो खेलमा एल.जी.एशोसिएसन ए को समुहले डिफेण्डीङ च्याम्पीयन पोखराको मालेपाटन युवा क्लव ए को समुहलाई १–० ले पराजित गर्दै सेमिफाईनलमा यात्रा बनाएको हो । म्यान अफ दी म्याच घोषित अजित गुरुङको निर्णायक एक गोलको मद्धतले एल.जीले सेमिफाईनलमा यात्रा बनाएको हो । अन्तिम क्वाटर फाईनल खेलमा आयोजक संगमले नव प्रतिभा एफ.सी.लाई टाईब्रेकरमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित समयमा दुबै तर्फ गोल रहित खेल बराबरीमा टुंगिएको थियो । खेलमा नव प्रतिभाका त्रिदेव गुरुङ म्यान अफ दी म्याच घोषित भएका हुन। संगम, एल.जी, हङ्गकङ्गको मुख्य प्रायोजनामा संचालन भएको प्रतियोगितामा ४७ टिमको सहभागिता रहेको क्लवका सह–सचिव सुवास गुरुङले जनाए ।

विजेता टिमलाई १ लाख २१ हजार १ सय ११ रुपैया र दोश्रो हुने टिमलाई भने ६१ हजार १ सय ११ रुपैया साथमा ट्रफि मेडल र प्रमाणपत्र वितरण गरीने भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्ने भएको छ । त्यसै गरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्टाईकर, उत्कृष्ट डिफेन्स र हाईस्कोररलाई जनहि दुई दुई हजार साथमा ट्रफि प्रदान गरीने भएको छ । शिखर बहुउद्धेश्य सहकारी संस्थाका अध्यक्ष एवं समाजसेवि रवि शर्माले पहिलो पुरस्कार प्रायोजना गरेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button