पोखरा –
नदीपुर स्थित नगर प्रशिक्षण केन्द्रमा जारी चौथो नदीपुर कप सेभेन ए साइड फुटवल प्रतियोगितामा शनिवार क्वाटर फाइनल अन्गर्ततका खेलहरु सम्पन्न भएका छन । शनिवार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा डिलाइट एफसीले लेकसाइड जुनियरलाइए २–० गोलले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको छ ।
दोश्रो खेलमा कस्केरी एफ सीले नव आदर्श क्लवलाई ५–३ गोल अन्तरले पराजित गरी सेमीफाइनलमा प्रवेश ग¥यो । तेश्रो खेलमा नदीपुर ब्वाइज क्लवले नदीपुर नीलोलाई २–० गोल अन्तरले पराजित गरी अघिल्लो चरणमा प्रवेश गरयो ।चौथो खेलमा अर्चलबोट युथ क्लवले ६–१ गोल अन्तरले पीटी एफ सीलाई पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।
आइतबार सेमी फाइनल अन्तर्गत पहिलो खेल अर्चलबोट युथ क्लव र कस्केरी एफ सी बीच हुने छभने दोश्रो खेल डिलाइट एफ सी र नदीपुर ब्वाइज क्लव बीच हुने प्रतियोगिता संयोजक सुरज पालिखेले जानकारी दिए ।
नदीपुर युथ युकेको मुख्य प्रायोजन तथा साउदी अरव उप प्रायोजक रहेको प्रतियोगिताको बिजेताले ५० हजार ५ सय ५५ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछनभने उपबिजेताले २५ हजार ५ सय ५५ मेडल, ट्रफी र प्रमाणपत्र हात पार्नेछन । प्रतियोगितामा बेष्ट प्लेयर लाई एक थान मोवाइल, हाई स्कोर, बेष्ट गोल किपर, बेष्ट डिफेन्डर र फेयर टीमलाइ ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution