पोखरामा रामबजार महोत्सव शुरु

  • पोखरा न्यूज
  • २०७३ कार्तिक ७
Post Thumbnail

पोखरा –

आऔ, खाऔ अनि रामबजार मै रमाऔ भन्ने मूल नाराका साथ रामबजार युथ क्लबको आयोजनामा आइतबारदेखि चौथो रामबजार महोत्सव – २०७३ शुरु भएको छ।

रामबजारको पहिचान र विकासको मुख्य उदेश्यले आयोजना गरिएको महोत्सव शनिवारसम्म चल्ने छ। महोत्सव रामबजारस्थित कालिका उच्च माविको प्राङगणमा सञ्चालन भएको छ। महोत्सवको आकर्षणमा लोक नृत्य, राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुती, जातीय झाँकी, खानेकुरा तथा खेलकुदका स्टल, बाल उद्यान रहेका छन्।

महोत्सवको उद्घाटनगर्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले युवा पुस्ताले रचनात्मक कार्य गर्नु प्रशंसनीय भएको बताए।कार्यक्रममा रामबजार सोसाईटी यूकेका सल्लाहाकार महेश गुरुङले रामबजार महोत्सवलाई रामबजारको गहनाको रुपमा विकास गर्नुपर्नेमा जोड दिए।

त्यसअवसरमा सून चाँदी व्यवसायी संघ कास्कीका अध्यक्ष चन्द्रकिशोर गौतम, समाजसेवी निरज थापा, रयाली व्यवस्थापन समितिका संयोजक सम्मरबहादुर श्रेष्ठ, पोखरा नगर महिला समन्वय समितिकी अध्यक्ष पवित्रा गुरुङले बोलेका थिए।

उद्घाटनपूर्व निकालिएको रयालीमा उत्कृष्ठ झाँकी प्रदर्शन गर्ने नेपाल मगर संघ रामबजार एकाई प्रथम, रामबजार मिसाः पुच द्वितिय, नेपाल दैवी शक्ति धार्मिक सेवा समिति तृतिय र श्रीकृष्ण मन्दिर आमा समूह, सृष्टि टोल आमा समूह सान्त्वना भएका छन्।

रामबजार युथ क्लबका अध्यक्ष कुमार थिङग तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष धनबहादुर पुनले स्वागत र सल्लाहाकार ज्ञानबहादुर थापाले सञ्चालन गरेका थिए।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस