पोखरा –
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव समेत रहेका लामा टेण्डी शेर्पाले काठमाण्डौं पनि पोखरालाई खेलकुदको केन्द्र बनाउने बताएका छन ।
नेपाल ह्याण्डवल संघको आयोजना तथा नेपाल ओलम्पिक कमिटिको सहयोगमा पोखरामा आज (सोमबार) सम्पन्न भएको ह्याण्डवल खेलको एक हप्ते ओलम्पिक सोलीडारीटी टेक्निकल कोर्षको समापन गर्दै शेर्पाले पोखराका खेलकुदको धेरै सम्भावना भएकोले काडमाण्डौं पछि पोखरालाई खेलकुदको पहिलो केन्द्र वनाउने बताएका हुन । उनले भने “ ओलम्पीक गेममा हामीहरु घुम्न जाने होईन काममा जाने हो । ” नेपालले साउथ एसियन खेलमा राम्रो गर्नुपर्ने बताउदै उनले सामुहिक खेल र एकल खेलको पदमा फरक हुने भएकोले सवैले एकै ढंगले नहेर्न आग्रह गरे ।
अन्तराष्ट्रिय ह्याण्डवल महासंघका प्रशिक्षक चेक रिपव्लिक नागरीक डा.फेन्टीसेक ट्यावरोस्कीले नेपालमा आएर प्रशिक्षण गराउन पाएकोमा खुसि व्यक्त गर्दै नेपालले केहि मेहनत गरेको खण्डमा पदकको राम्रो सम्भावना भएको बताए । सशस्त्र प्रहरी वलका नायव महानिरिक्षक नरेन्द्रकुमार सिंहले आफु गुच्चा खेलेर डिआईजी नभएको बताउदै मेहनत र अध्ययनसंगै खेलकुदमा लागेका कारण डिआईजी भएको बताए । नेपाल भूतपुर्व खेलाडी मञ्चका अध्यक्ष खड्गबहादुर रानाभाटले खेलकुदको विकासको लागि अन्य खेलहरुको पनि यस्तो कोर्ष आवश्यक भएको बताए । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङले देशको राजनीतिक अबस्था र भागबण्डाको कारणले गर्दा खस्कदै गएको बताए ।
सिनियर स्तरको उक्त प्रशिक्षण पोेखरामा दोश्रो पटक भएको नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज गुरुङले बताए । उनका अनुसार प्रशिक्षणमा राष्ट्रिय खेलकुद परिषदका ह्याण्डवल खेलका प्रशिक्षक, नेपाल आर्मी, सशस्त्र प्रहरी वलको एपिएफ, उदयपुर ह्याण्डवल एकेडेमीका प्रशिक्षक सहित विभिन्न जिल्लाका प्रशिक्षकहरुको गरी २१ जनाको सहभागिता रहेको छ । संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सदस्य समेत रहेका तेज गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघका महासचिव शन्देस रेग्मी, सचिव केशव पाठक लगायतले ह्याण्डवल खेलको बारेमा चर्चा गरेका थिए।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution