१४ औं जेपि क्रस अन्तरबिद्यालय छात्र÷छात्रा वास्केटवल प्रतियोगिता मंसिर पहिलो साता

पोखरा-

 मंसिर पहिलो सातामा १४ औं संस्करणको जेपि क्रस अन्तरबिद्यालय छात्र÷छात्रा वास्केटवल प्रतियोगिता २०७३ हुने भएको छ । कास्की जिल्ला बास्केटवल संघको आयोजना तथा समाजसेवि जेपि क्रसको मुख्य प्रायोजनमा मंसिर २ देखि ६ गतेसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता हुने भएको संघ कास्कीका अध्यक्ष नेत्र शेनले बताए प्रतियोगितामा विजेता टिमले १०÷१० हजार, उपविजेताले ५÷५ हजार र तेश्रो हुनेले ३÷३ हजार प्राप्त गर्ने छन ।प्रतियोगितामा सहभागिताको लागि नाम दर्ता गराउने क्रम जारी रहेको संघले जनाएको छ ।
त्यसै गरी यही कात्तिक २८ देखि ३० गतेसम्म वास्केटवलको रेफ्रि प्रशिक्षण हुने भएको सचिव ध्वजकुमार गुरुङले बताए  बरिष्ठ प्रशिक्षक नरेन्द्र थापाले प्रशिक्षण गराउने भएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button