पोखरा –
मलेसियाको कोचिङमा आज सम्पन्न सेमिफाइनल खेलमा लाअाेसलाई टाइब्रेकर’ मा ३–० ले हराउँदै नेपाल सोलिडारिटी कपको फाइनलमा प्रवेश गरेकाे छ ।
निर्धारित ९० मिनेटको समयमा तथा थपिएको ३० मिनेटको खेलमा २–२ गाेलकाे बराबरी भएपछि खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटअाउटमा पुगेकाे थियाे ।
नेपालका गाेल रक्षक किरण चेम्जाेङले लाअाेसका खेलाडीका २ वटा प्रहारलाई राेकेका थिए भने लाहोसका तेस्रो खेलाडीले गोल पोस्टभन्दा बाहिर प्रहार गरे । पेनाल्टी सुटअाउटमा नेपालका सुरुका तीनै जना खेलाडीले गाेल गरेका थिए ।
निर्धारित समयको खेलको १७ औं मिनेटमा पहिलो गोल मार्फत लाओसले अग्रता लिएको थियो भने नेपालले दोस्रो हाफको सुरुमा विमल घर्ती मगरको गोल मार्फत बराबरी गोल फर्काएको थियो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकियपछी अतिरिक्त समयको खेलको १४ औं मिनेटमा अनन्त तामाङको गोल मार्फत नेपाललाई २-१ अग्रता दिलाएपनि खेलको अन्तय तिर लाओसले गोल फर्काएपछी खेल टाइब्रेकरमा प्रवेश गरेको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution