पोखरामा बास्केटबल रेफ्रि प्रशिक्षण सम्पन्न

पोखरा-
कास्की जिल्ला बास्केटवल संघको आयोजनामा पोखरामा मंगलबार वास्केटवलको तीन दिने रेफ्रि प्रशिक्षण सम्पन्न भएको छ ।
पोखरा रंगशालामा भएको उक्त तालिममा कास्की र बागलुङका गरी ३० जनाको सहभागिता रहेको सहभागि भएको संघ कास्कीका सचिव ध्वजकुमार गुरुङले बताए । नेपाल वास्केटवल संघका महासचिव तथा बरिष्ठ प्रशिक्षक नरेन्द्र थापाले प्रशिक्षण गराएका हुन ।
नेपाल वास्केटवल संघका केन्द्रीय उपाध्यक्ष जुम प्रसाद गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका तालिम निर्देशक बिद्या मर्सानी, संघ कास्कीका अध्यक्ष नेत्र बहादुर शेन लगायतले सहभागिहरुलाई प्रमाण–पत्र वितरण गरेका थिए ।
मंसिर पहिलो सातामा १४ औं संस्करणको जेपि क्रस अन्तरबिद्यालय छात्र÷छात्रा वास्केटवल प्रतियोगिता २०७३ हुने भएको छ । कास्की जिल्ला बास्केटवल संघको आयोजना तथा समाजसेवि जेपि क्रसको मुख्य प्रायोजनमा मंसिर २ देखि ६ गतेसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता हुने भएको संघ कास्कीका अध्यक्ष नेत्र बहादुर शेनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button