गणेश बराल ,
पोखरा –
१८ औ संस्करणको पोखरा सडक महोत्सबमा भाग लिन सांस्कृतिक टोलि पोखरा आइपुगेका छन् । बुधबार (भोलि) देखि सुरु हुने महोत्सबमा आफ्नो सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नको लागी छिमेकी राष्ट्र भारत लगाएत देशका बिभिन्न भागवाट मंगलवारै सांस्कृतिक टोलि पोखरामा आइपुगेका हुन् ।
रेवान पोखराका अध्यक्ष एबं १८ औ पोखरा सडक महोत्सबका सांस्कृतिक संयोजक चौबहादुर गुरुङले महोत्सबमा बिशेष प्रस्तुतिका लागि दक्षिण भारतको टोलि पोखरामा आइसकेको बताए । महोत्सवका लागी भनेर खोटाङ्, चितवन, डडेलधुरा तथा बाग्लुङ्रको टोलि पोखरा आइसकेको र केहि आउने क्रममा रहेको गुरुङले जानकारी दिए । महोत्सबमा चितवनको लौरी डान्सको साथमा विभिन्न जनजातिको सांस्कृतिक प्रस्तुति रहने उनले बताए । त्यसैगरी महोत्सबमा भाग लिन जापानको एक साँस्कृतिक टोलि पोखरा आउदै गरेको गुरुङले जनाए ।
बुधवारवाट महोत्सब सुरु हुने लेकसाईड क्षेत्र यतीवेला ध्वजापतकाले सिंगारीएको छ । महोत्सव आयोजना हुने स्थानमा सांस्कृतिक तथा सांगीतिक कार्यक्रम प्रस्तुत गर्नका लागी स्टेजहरु तयार पारिएको छ । महोत्सब लेकसाइडको साढे ३ किलोमिटर क्षेत्रमा पुस १३ गते देखि १७ गते सम्म संचालन हुदैछ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution