जोजिजू म्युजिक स्कुलमा सास्त्रीय धुन प्रस्तुत

पोखरा- 

पोखरा रानिपौवामा रहेको जोजिजू म्युजिक सेन्टर तथा म्यूजिक स्कुलमा बिहिबार सास्त्रीय( क्लासिकल) धुन प्रस्तुतः भएको छ । काठमाण्डौंको ललितकला क्याम्पसका उपप्रध्यापक तथा तवलावादक रविनलाल श्रेष्ठले स्कुलमा विहिबार सास्त्रीय संगीतमा सितार, तवला प्रस्तुतः गरेका हुन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पोखरा भ्रमणको क्रममा स्कुलमा आफ्नो प्रस्तुती राख्ने अवसर प्राप्त भएकोमा खुसि व्यक्त गर्र्दै श्रेष्ठले आगामी दिनमा पोखराको संगीतको उयत्थानको लागि आफ्नो क्ष्ोत्रबाट लसहयोग गर्न तयार भएको बताए । तीन कालमा वादन प्रर्दशन गरेका उनले राग, एमन प्रस्तुतः गरेको स्कुलका प्रवन्ध निर्देशक गायक विनित जोजिजूले बताए । पोखरालाई पनि संगीतको क्ष्ोत्रमा अघि बढाउन यस्ता कार्यक्रम आवश्यक भएको उनले दाबी गरे । नयाँ पिढीलाई यस्ता कार्यक्रमले थप हौलसा मिल्ने जोजिजूले विश्वास लिएका छन ।

पोखराको संगीत क्षेत्रको उत्थान गर्ने उद्धेश्यले विभिन्न कलाकारहरुको प्रस्तुती राख्दै जाने क्रममा विहिबार काठमाण्डौंका कलाकार रविनलालको प्रस्तुती राखिएको जोजिजूले जनाए । सितारमा विना श्रेष्ठले साथ दिएकी थिईन । स्कुलका प्रवन्ध निर्देशक जोजिजूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन स्कुलका प्रशिक्षार्थी करण गुरुङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button