पोखरा-
सातौ पोखरा महोत्सवको पूर्व सन्ध्यामा महोत्सव स्थल र अमरसिंह चोक वरपर सरसफाइ गरिएको छ । अमरसिंह महिला समुहको नेतृत्वमा महोत्सव स्थल अमरसिंह चौर र अमर सिंह चोक वरपरका क्षेत्रमा सरसफाइ गरिएको सातौ पोखरा महोत्सव सरसफाइ उपसमितीका संयोजक बिजयमान गुरुङले जानकारी दिए ।
अमरसिंह महिला समुहका संस्थापक अध्यक्ष सेती थापाको नेतृत्वमा प्रत्येक वर्षको महोत्सवमा जस्तै यो वर्षपनि महोत्सवको पूर्व सन्ध्यामा अमरसिंह क्षेत्र र महोत्सव स्थलको सरसफाइ गरिएको थियो ।
पोखरा महोत्सव युनाइटेड क्लवको मात्र नभइ अमरसिंह क्षेत्रमा स्थापना भएतापनि पोखरेलीको गौरवको महोत्सव बोकेको महोत्सव भएकाले आफुहरुले युनाइटेड क्लवलाई हरेक क्रियाकलापमा क्लवको स्थापना कालदेखिनै सहयोग गर्दै आएको अमरसिंह महिला समुहका संस्थापक अध्यक्ष सेती थापाले वताइन ।
थापाले आगामी पुस २९ देखि माघ १० गते सम्म हुने महोत्सवको सफलताको कामना गर्दै अमरसिंह महिला समुहले महोत्सवलाई भब्य र सभ्य बनाउन कुनै किसिमको कसुर बार्की नराखी काम गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे ।
सरसफाइ कार्यक्रमम अमरसिंह महिला समुहका साथै अमरसिंह वरपरका स्थानियबासिन्दाहरुको समेत सहभागीता रहेको अमरसिंह आमा समुहकी अध्यक्ष सविता श्रेष्ठ रन्जितले जानकारी दिइन ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution