गणेश बराल, पोखरा –
आगलागी वाट जलेको पोखरा लेकसाइडको बाराही चोक स्थित सनराइज बैंकको एटिएमको रकम सुरक्षित पाइएको छ । मंगलबार राति एटिएम रहेको ट्राइ स्टार होटल एण्ड क्याफेको भवनमा आगलागी हुदाँ एटिएम बुथमा समेत आगजनी भएको थियो । आगलागीवाट मेसिनको अग्रभाग र माथिल्लो भाग जलेको भएतापनि क्यासेट सहित एटिएममा रहेको सम्पूर्ण रकम सुरक्षित भेटिएको हो ।
बुधबार बिहान बैंकका कर्मचारी सुरक्षा गार्ड र प्रहरीको रोहबरमा बुथको लकर वाट पैसा रहेको क्यासेट सुरक्षित अवस्थामा निकालिएको हो । क्यासेट रहेको १३ लाख ६५ हजार रकम उनीहरुकै रोहवरमा बैंकका कर्मचारीले झिकेर गनेका थिए । आगलागी पश्चात एटिएमको सुरक्षार्थ खटिएका प्रहरी हवल्दार ज्ञानबहादुर मानन्धरले एटिएममा रहेको १३ लाख ६५ हजार रकम सुरक्षित भेटिएको पोखरान्युज डटकमलाइ बताए । आगलागीपछी मेसिनलाइ कसैले तलमाथि नगरोस भनेर बैंकका सुरक्षा गार्ड र आफु रातभर खटिएको मानन्धरले बताए ।
एटिएम सहित भवनमा रहेको ट्राइ स्टार होटल क्याफे, ट्राइ स्टार मनि चेन्जर, हिल्सवे ट्रेक्स, क्रस रिभर राफ्टिंगमा तथा होटलमा आगलागी को कारण करोडौंको क्षति पुगेको बताइएको छ । राति लगभग १० : १५ बजे सुरुभएको आगलागी १२ : २० मा मात्रै नियन्त्रणमा आएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution