पोखराका श्रमिक वालवालीकालाई व्यवहारिक साक्षरता तथा सिप

पोखरा- 

पोखरा उद्योग बाणिज्य संघले श्रमिक वालवालीकाहरुलाई दिइएको तीन महिने व्यवहारिक साक्षरता तथा सिप कोर्षको बुधबार समापन गरीएको छ । उक्त अभियानमा ८५ जना सहभागि भएको पोखरा उद्योग बाणिज्य संघद्धारा संचालित वालश्रम न्यूनिकरण कार्यक्रमका अध्यक्ष रमेश कर्मचार्यले बताए । वेल्जियम निवासि तथा पोखरा टे«ेड मलमा रहेको तेजस्वी ज्वेलर्सका संचालक अर्जुन विश्वकर्माले दिएको ४० हजार बराबरको ४० थान शैक्षिक सामाग्रि ४० जना वालवालीहरुलाई हस्तान्तरण गरिएको थियो ।

संघका कार्यवहाक अध्यक्ष रविन्द्र बहादुर प्रजु, संघका निवर्तमान अध्यक्ष विन्दूकुमार थापा, बाणिज्य तर्फका उपाध्यक्ष विन्दु कोईराला सुवेदी, उपमहासचिव अर्जुन पोखरेल, कन्या क्याम्पसका क्याम्पस प्रमुख सुरेस मानन्धर, विश्वकर्माकी आमा रामलिला विश्वकर्मा, गण्डकी अटो वर्कसपका सन्तकुमार भट्टराई प्रमाणपत्र प्रदान गर्दै श्रमिक वालवालिकाहरुकोे लागि जिवन पयोगि शिक्षा र सिप आवश्यक भएकोमा जोड दिए।

संघले २०५६ साल देखि यस क्षेत्रमा युनिसेफ, पोखरा उपमहानगरपालीकाका, लेखनाथनगरपालीका लगायतका संघ संस्थाहरुसंग समन्वय गरी पोखरामा ९ वटा श्रमिक वालवालीकाको सम्पर्क केन्द्र स्थापना गरीएको छ । विभिन्न काममा व्यस्त रहने वालवालीकाहरुलाई उनीहरुको समय सुहाउदो हेरी अनुकुल हुने गरी आफुहरुले जिवन उपयोगि ज्ञान, सिप, दक्षता हासिल गराउदै आएको कार्यक्रम अधिकृत पृती पाण्डेले बताईन ।

हालसम्म ८ हजार वालवालीकाहरु संघबाट दिईने सेवाबाट लाभान्वित भएको उनले दाबी गरीन । साथै संघले उनका अभिभावकहरुलाई आत्मनिर्भर वनाउने उद्धेश्यले २० हजार देखि ५० हजारसम्म विना व्याजमा लगानी समेत गरेको पाण्डेले जनाईन । २९ जनाले हाल विभिन्न ठाँउमा रहेका श्रमिक वालवालीकाहरुलाई प्रसशिक्षण गराउदैछन भने सुदिप पौडेल र सागर खडकाले स्वयमसेवकको रुपमा काम गर्दै छन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button