पोखरा-
नयाँ शक्ति पार्टी नेपालले पोखरा–लेखनाथ महानगरपालिकाका लागि उम्मेदवार छनोट गरेको छ ।
नयाँ शक्ति पार्टी नेपालको पोखरालेखनाथ महानगरको बैठकले आगामी स्थानिय तहको निर्वाचनमा मेयरमा सर्वसम्बतरुपमा हेम बहादुर थापा, जित बहादुर तमु मामा र नारायणहरि तिवारी लाई सिफारिष गरेको छ भने उप–मेयरमा कमला रानाभाट र लक्ष्मी खाती परियारलाई सिफारिष गरेको छ ।
बैठक मा प्रदेश नं ४ संयोजक वलावती शर्माले स्थानिय तहको निर्वाचनमा पार्टी एक ढिक्का भएर अगाडी बढ्नुपर्ने धारणा राखेका थिए । बैठकमा केन्द्रिय परिषद सदस्य, प्रदेश परिषद सदस्य, जिल्ला सदस्य तथा महानगर समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।