मन्त्रिपरिषद्‍मा ३३ प्रतिशत महिला सहभागिताको माग

पोखरा न्युज –

प्रधानमन्त्री शेरबहादुुर देउवासमक्ष अब विस्तार हुने मन्त्रिपरिषद्‍मा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

महिला सांसद समन्वय समितिमा आबद्ध महिला सांसदले आज प्रधानमन्त्री देउवासँग भेटी मुलुकमा व्याप्त महिला हिंसाका घटना अन्त्य गरिनुपर्ने मागसमेत गर्नुभएको सांसद रेखा शर्माले राससलाई जानकारी दिनुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले महिला सांसदले राखेका मागलाई आफूले सकारात्मक रूपमा लिएको बताउँदै ती माग पूरा गर्न सक्दो प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । भेटमा सांसद आरजु देउवा, सीता नेपाली, कुन्ती शाही, ईश्वरी न्यौपाने र सीता गुरुङको पनि सहभागिता थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button