मन्त्रिपरिषद्‍मा ३३ प्रतिशत महिला सहभागिताको माग

पोखरा न्युज –

प्रधानमन्त्री शेरबहादुुर देउवासमक्ष अब विस्तार हुने मन्त्रिपरिषद्‍मा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।

महिला सांसद समन्वय समितिमा आबद्ध महिला सांसदले आज प्रधानमन्त्री देउवासँग भेटी मुलुकमा व्याप्त महिला हिंसाका घटना अन्त्य गरिनुपर्ने मागसमेत गर्नुभएको सांसद रेखा शर्माले राससलाई जानकारी दिनुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले महिला सांसदले राखेका मागलाई आफूले सकारात्मक रूपमा लिएको बताउँदै ती माग पूरा गर्न सक्दो प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । भेटमा सांसद आरजु देउवा, सीता नेपाली, कुन्ती शाही, ईश्वरी न्यौपाने र सीता गुरुङको पनि सहभागिता थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button