नेपाल–चीनबीच जाँच कडाइ गर्ने सहमति

पोखरा न्युज –

रसुवागढी नाकाबाट हुनसक्ने गैरकानुनी क्रियाकलाप रोक्न नेपाल तथा चीनका सुरक्षाकर्मीबाट सीमा क्षेत्रमा गस्ती तथा निगरानी बढाई कडा जाँच गर्ने सहमति भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नेपाल–चीन सीमा सुरक्षासम्बन्धी शनिबार जिल्ला प्रशासन कार्यालय, रसुवामा सम्पन्न बैठकले नेपाल–चीन सीमा क्षेत्र हेर्ने अधिकारीबीच लागुपदार्थ ओसारपसार, मानव बेचबिखन, वन्यजन्तुका अंग, सुनलगायत गैरकानुनी तवरले ओसारपसार हुन नदिन जाँच कडाइ पारी एकआपसी सूचना आदानप्रदान गर्ने सहमति भएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रजिअ चोमेन्द्र न्यौपाने र चीनको जिलोङ काउन्टीका कर्णेल गाओ हुइहाइ बीच नेपाल र चिनियाँ अधिकारीबीच सम्पन्न बैठकले नेपाली भूमिमा हुनसक्ने चीन विरोधी गतिविधिका सम्बन्धमा चिनियाँ पक्षले चासो व्यक्त गरेको र नेपाल एक चीन नीतिमा प्रतिबद्ध रही त्यस्ता क्रियाकलाप हुन नदिन आवश्यक सुरक्षा सतर्कता निरन्तररुपले अपनाउने यहाँका अधिकारीले प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।

व्यवसायीको हित र व्यापार व्यवसाय थप प्रभावकारी बनाउन एकदिने पासका लागि प्रजिअ न्यौपानेले गरेको अनुरोधमा चिनियाँ पक्षले तेस्रो राष्ट्रका व्यक्तिसमेत आवतजावत गर्न मिल्नेगरी नाका सञ्चालन गर्ने घोषणा भइसकेको र केही समयपछि कार्यान्वयनमा आउने उत्तर दिँदै जिलोङ काउन्टीका कर्णेल गाओले दुवै पक्षद्वारा केन्द्रीयस्तरमा पहल गरी सहमति भएमा ‘वान डे पास’ लागू गर्न सकिने बताउनुभएको बताइएको छ ।

आम किसानको हितलाई मध्यनजर गरी नेपालमा उत्पादित सागसब्जी, मासुजन्य पदार्थ र विभिन्न किसिमका तरकारीजन्य वस्तु चीनको जिलुङ (केरुङ) निकासी गर्न केन्द्रीयस्तरको पहल कदमीका लागि प्रजिअले छिट्टै समन्वय संयन्त्र तयार पार्ने निर्णय गरिएको बैठकमा नेपाल तथा चीनका भन्सार, अध्यागमन, क्वारेन्टाइन र सुरक्षा निकायसमेतका अधिकारी सहभागी भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button