पोखरामा बगर भाइ खलकको स्थापना दिवसमा आर्थिक सहयोग प्रदान

पोखरा न्युज – 

बगर भाइ खलक कास्की नेपालको स्थापना दिवसको अवसरमा संस्थाले जेष्ठ नागरिक मिलन केन्द्रलाई सोमबार आर्थिक सहयोग प्रदान गरेको छ ।

बिन्दबाशिनी धार्मिक क्षेत्र बिकास समितीद्वारा सञ्चालित केन्द्रलाई एक समारोहका बिच भाईखलकले आर्थिक सहयोग हस्तान्तरण गरेको हो । मिलन केन्द्रका अध्यक्ष एवम उद्योगपती गणेश वहादुर श्रेष्ठलाई बगर भाइ खलकका अध्यक्ष दिल बहादुर गुरुङ्गले एक लाख रुपैंया हस्तान्तरण गरेका थिए ।

सो अवसरमा कास्की क्षेत्र नं २ सांसद शारदा पौडेलले संस्थाले गरेको सहयोग प्रती आभार प्रकट गरिन । उनले जेष्ठ नागरिकहरुको सम्मानका लागि सवैको सहयोगको उत्तिकै खाँचो रहेको समेत वताइन ।

सो अवसरमा मिलन केन्द्रका अध्यक्ष श्रेष्ठले वगर भाइ खलकले गरेको सहयोग महत्वपुर्ण रहेको वताए । उनले सामाजिक संस्थाहरु वाट प्राप्त हुने आर्थिक सहयोगले संस्था थप सुदृढ र सक्षम हुने वताए ।

बगर भाइ खलकका अध्यक्ष गुरुङ्गले केन्द्रको सेवा कार्यबाट प्रभावित भएर नै आफ्नो संस्थाले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत यस्तो सहयोग निरन्तर रहने बताए । सो अवसरमा नेपाल ओलोम्पिक कमिटीका अध्यक्ष तेज गुरुङ्ग बगर भाइ खलकका सचिव मानकाजी गुरुङ्ग लगाएतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button