पोखराको लामाचौरमा महिला भलिबल प्रतियोगिता शुरु

पोखरा न्युज –

पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नवआदर्श सामुदायिक विकास समाजको २१ औँं वार्षिकोत्सव तथा हरितालिका तीजका अवसरमा आयोजित सो प्रतियोगितामा पाँच टोलीको सहभागिता छ । प्रतियोगितामा न्यु डायमण्ड एकेडेमी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र र पश्चिमाञ्चल क्षेत्रीय भलिबल टोलीको सहभागिता छ ।

प्रतियोगिताको उद्घाटन खेलमा न्यु डायमण्डले नेपाल प्रहरीलाई २५–१७, २५–१९ र २५–२० ले पराजित गरेको प्रतियोगिताका प्रचार प्रसार संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन कास्कीका प्रजिअ तारानाथ अधिकारीले गर्नुभएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुने टोलीले क्रमशः रु ७५ हजार १०१, रु ५० हजार १०१, रु २० हजार र रु १५ हजारका साथ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसै अवसरमा आइतबारदेखि अन्तर मावि छात्रा भलिबल, तीज गीत, लोकनृत्य, विद्यालयस्तरीय जोडी नृत्य, बाल उद्यान तथा हास्य प्रहसन, नरबहादुर स्मृति जिल्लास्तरीय सितेरियो कराँते प्रतियोगिता तथा राष्ट्रिय कलाकारको मनोरञ्जनात्मक प्रस्तुति जस्ता कार्यक्रम भइरहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button