फालेलुङमा एकीकृत बस्ती निर्माण गरिने

पोखरा न्युज –

पहिरोबाट प्रभावित पाँचथरको फालेलुङ गाउँपालिका, वडा नम्बर ३ मा अब एकीकृत बस्ती निर्माण गरिने भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सुरक्षित बसोबास गर्ने व्यवस्था मिलाउन भन्दै एकीकृत बस्ती निर्माण गर्ने निर्णय गरिएको जिल्ला दैविप्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताउनुभयो ।

जिल्ला दैविप्रकोप उद्धार समितिको बैठकले फालेलुङ–३ को खोलाघारी, खोलागाउँ, विकटे, माङलेबुङका पहिरोबाट विस्थापित भएका ११३ परिवारका लागि एकीकृत बस्ती बसाउने निर्णय गरेको हो ।

अहिले पनि वर्षात् नरोकिएको हुँदा त्यस भेगका स्थानीय छिमेकीको घर तथा विद्यालयको प्रांगणमा बस्न बाध्य छन् । अहिलेसम्म त्यस भेगका ७२ परिवारले मात्रै राहत पाएको स्थानीय बताउँछन् । अझै ४१ परिवारले राहत पाउन सकेका छ्रैनन् । त्यस क्षेत्रमा जिल्ला दैविप्रकोप उद्धार समिति र केन्द्रीय दैविप्रकोप उद्धार समितिबाट आगामी सोमबार संयुक्तरुपमा लगेर राहत वितरण गरिँदैछ ।

अविरल वर्षात्कै कारण गत साउन २७ गते फालेलुङ गाउँपालिका वडा नम्बर १, ३ र ४ मा पहिरोले किचेर दुईजनाको मृत्यु भयो भने दुईजना अहिले पनि बेपत्ता छन् ।

वडा नम्बर १ का त्रिलोचन विक र वडा नम्बर ३ का विष्णुभक्त राईकी नातिनी प्रियाको शव भेटिए पनि अहिलेसम्म विष्णुभक्त राई र उनकी छोरी गंगाको भने शव भेटिएको छैन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button