तस्करले जंगली हात्ती एम्बुस थापेर मारे

पोखरा न्युज –

कञ्चनपुरको पुनर्वास नगरपालिका– १० नौरगांस्थित नमुना सामुदायिक वनमा गएराति तस्करको समूहले विद्युतीय एम्बुस थापेर एक जंगली हात्ती मारेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

जिल्ला वन कार्यालयका निमित्त वन अधिकृत वीरबहादुर ठगुन्नाले सामुदायिक वनभित्र तस्करको समूहले हात्ती मारेको पुष्टी गर्दै भन्नुभयो, ‘‘प्रारम्भिक जानकारीअनुसार तस्करले बँदेल मार्न विद्युतीय एम्बुस थापेको जस्तो देखिन्छ तर सो एम्बुसमा भाले हात्ती परेको मरेको आज बिहान थाहा भयो ।”

हात्ती मारेको खबरपछि भीमदत्तनगरबाट जिल्ला वन कार्यालयको टोली पुनर्वास पुगेर अनुसन्धान गरिरहेको छ । अहिले चिकित्सकको टोलीले हात्तीको परीक्षण गरिरहेको र यसको विशेष अनुसन्धानका साथ वन्यजन्तु तस्कर समूहको पनि खोजीकार्य भइरहेको उहाँले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button