धर्मगुरु रहीमको पक्षमा गरिएको प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो, ३०० बढी घाइते

पोखरा न्युज –

उत्तरी भारतीय सहरमा शनिबार सयौ सैनिक तैनाथ गरिएता पनि सुरु भएको भीषण झडपमा परी कम्तीमा ३३ व्यक्तिको मृत्यु भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

हरियाणा सहरमा हजारौं व्यक्तिले आफ्ना धर्मगुरु मानिआएका गुरमीत राम रहीम सिंहलाई बलात्कारको मुद्दामा एक अदालतले शुक्रबार दोषी ठहर गरेपछि सो प्रदर्शन सुरु भएको थियो ।

यस प्रदर्शनको क्रममा अन्य ३ सय घाइते भएका सुरक्षा स्रोतले जानकारी दिएको छ । यद्यपी सरकारी स्रोतले एएफपी समाचार समितलाई दिएको जानकारी अनुसार जारी प्रदर्शनको क्रममा कम्ती ३३ व्यक्तिको मृत्यु भएको छ । यस घटनामा गोली प्रहारबाट नै व्यक्तिहरु हताहत भएको छ ।

गैर नाफामूलक सामाजिक तथा आध्यात्मिक संस्था ‘डेरा’का प्रमुख समेत रहेका सिंहका समर्थकद्वारा भएको प्रदर्शनका क्रममा जारी झडपमा परी देशका विभिन्न शहरमा उनीहरुको मृत्यु भएको हो ।

हरियाना राज्यको पञ्चकुला सहरमा सिंहका हजारौं समर्थकहरुले अदालतको फैसलाको विरोध गर्दै स्थानीय टेलिभिजनका गाडीहरु, सार्वजनिक तथा निजी सवारी साधनहरु, भवनहरु लगायतमा तोडफोड गरेका छन ।

उनीहरुले कतिपय ठाँउमा आगजनी समेत गरेका सरकारी अधिकारीहरुले बताएका छन ।

हरियाना र छिमेकी राष्ट्र पञ्जावमा मोवाईल फोन सेवा अवरुद्ध भएको छ । हिंसा थप बढ्न नदिन शुक्रबार बेलुकादेखि नै सरकारले उच्च सुरक्षा सतर्कता बढाएको छ ।

सिंहले आफ्ना दुई जना अनुयायीहरुलाई बलात्कार गरेको ठहरसहित अदालतले शुक्रबार उहाँलाई दोषी भएको जनाएको थियो ।

सीबीआईका न्यायाधीश जगदीप सिंहका अनसार ५० वर्षीय डेरा प्रमुखलाई दोषी ठहर गर्दै आगामी अगस्त २८ गते सजाय सुनाइने बताउनु भएको छ । सिंहका अनुसार गुरमितलाई सातदेखि १० बर्षसम्मको आजीवन कैद हुनसक्ने छ ।

प्रदर्शनका क्रममा ५० जना प्रहरी तथा सुरक्षाकर्मी सहित झण्डै ३०० जना घाइते भएका सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रहरीले हरियाणा, पञ्जाव र राजस्थानसमेतका शहरहरूमा व्यापक हस्तक्षेप गरेको र अश्रुग्यास, पानीका फोहरा, हवाई फाएर गरेको दर्शनकारीले जनाएका छन् । प्रदर्शनकारीले जुलुशमा सहभागीहरूलाई ताकेरै गोली चलाएको दाबी पनि गरेका छन् ।
पचास बर्षीय गुरमितको विश्वभरी ६ करोड समर्थक रहका अनुमान गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button