पोखरा रंगशालामा बोरिङ खनेर खानेपानीको व्यवस्था

पोखरा न्युज –

वर्षौंँदेखि खानेपानीको समस्या व्यहोर्दै आएको पोखरा रंगशालामा अहिले बोरिङ खनेर खानेपानीको व्यवस्था गरिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

युवा तथा खेलकूद मन्त्रालयबाट रु १७ लाख निकासा गरी बोरिङ खनेर पानीको व्यवस्था गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिनुभयो ।

सन् २०१९ मा नेपालमा हुनगइरहेको १३ औँं साग खेलकूद अन्तर्गत पोखरामा पाँचवटा खेल हुनगइरहेको, खेलकूदका ठूलठूला पूर्वाधार योजना शुरु भएको र खेलकूद मैदानलाई सधैँ हरियाली बनाउन पनि पानीको अत्यावश्यक परेको सो व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

जमिनबाट झण्डै १५० मिटरको गहिराइसम्म खनेर पानी निकालिएको छ । आठ इञ्चको पाइपबाट पानी तानेर दुईवटा ठूलठूला भूई ट्याङ्की बनाएर पानीको सहज आपूर्तिको व्यवस्था गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button