सुनसरीमा बस दुर्घटना हुँदा ३२ जना घाइते

पोखरा न्युज ।

सुनसरीको भोक्राहा गाउँपालिका–६ मा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवा–लौकही सडकखण्डमा आइतबार बस दुर्घटना हुँदा ३२ जना घाइते भएका हुन् ।

सप्तरीबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ८५८७ नम्बरको यात्रुबाहक बस साइकल यात्रीलाई जोगाउने क्रममा दुर्घटना भएको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो ।

घाइते भएकामध्ये नौजना जिल्ला अस्पताल इनरुवामा उपचार गराई घर फर्किएका छन् भने २३ जनालाई थप उपचारका लागि न्यूरो अस्पताल, विराटनगर स्थानान्तर गरिएको प्रहरी निरीक्षक शेषनाथ थन्दारले जानकारी दिनुभयो । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । रासस
–––––––––

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button