बसको ठक्करबाट महिलाको मृत्यु

पोखरा न्युज ।

मिनिबसले ठक्कर दिँदा कपिलवस्तुमा आइतबार साँझ एक महिलाको मृत्यु भएको छ ।

वाणगंगा–१ बैरियामा बाटो काट्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख १५७१ नंको मिनिबसले ठक्कर दिँदा दाङ गोबडिया गाउँपालिका–६ बस्ने ५५ वर्षीया किजी चौधरीको मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्गको बैरियामा बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा गम्भीर घाइते चौधरीको बुटवलमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

मृतक चौधरी हाल पिपराको एक विद्यालयमा लेबर काम गर्दै आउनुभएको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button