प्रसूति गराउने क्रममा महिलाको मृत्यु

पोखरा न्युज ।

उदयपुरको जिल्ला अस्पतालमा आज बिहान प्रसूति गराउने क्रममा एक महिलाको मृत्यु भएको छ ।

अस्पतालका अनुसार प्रसूति गराउने क्रममा स्थानीय चौदण्डी नगरपालिका– ३ हडियास्थित भिमाहा बस्ने वर्ष ३० की रामकुमारी दनुवारको मृत्यु भएको हो ।

आइतबार बेलुकी दनुवारलाई अस्पतालमा भर्ना गरिएको र आज बिहान ८।३० मा सामान्यरूपले बच्चा जन्माउने क्रममा बिरामीले उल्टी गर्दा बल परेका कारण बिरामीको फोक्सो र मुटुमा असर परेर मृत्यु भएको अस्पतालका प्रसूति विशेषज्ञ डा फणिन्द्र बरालले बताउनुभयो ।

उहाँका अनुसार सामान्यरूपमै बच्चा जन्माउन सक्ने देखिएकाले शल्यक्रिया नगरिएको तर बिरामी धेरै कमजोर भएका कारण बच्चा जन्माउने बेलामा बढी बल गर्नुपरेकोले मुटुमा प्रत्यक्ष असर परेर दनुवारको मृत्यु भएको हो ।

मृतक दनुवारको यस अघिनै तीन छोरीको जन्म भइसकेको र यो पटक छोरा हुने अपेक्षामा अस्पतालमै प्रसूतिका लागि आउनुभएको थियो । अहिले मृतकको शव अस्पतालमै छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button