पोखरामा हुन्डाईको नयाँ कार

पोखरा न्युज । 

नेपालका लागि हुन्डाइ कारको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले वहुप्रतिक्षित ५ औं संस्करणको ‘दि नेक्स्ट जेन भेर्ना’ कार पोखराको बजारमा उतारेको छ ।

उक्त कारलाई सोमबार लक्ष्मी हुन्डाईका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ र निर्देशक सुजल श्रेष्ठले बिक्रीका लागि शुभारम्भ गरेका थिए ।
सो अवरसरमा कम्पनीका पोखरा शाखाका प्रमुख भिम सिंह खत्रीले कारको विशेषताका बारेमा जानकारी दिंदै हुन्डाईको भेर्ना कार पारखीहरुका लागि पहिलो रोजाई बन्न सक्ने दाबी गरे । उनले नेपालका सबै डिलरहरुबाट एक साथ बिक्री सुरु गरिएको जानकारी दिंदै विश्वमा ९० लाखले हुन्डाईका कारहरु प्रयोग गरिरहेको बताए ।

सोमबार विक्रि शुभारम्भ गरिएको उक्त कारलाई कम्पनीले ३ वटा मोडेल र ५ विभिन्न रङ्गमा ल्याएको छ । जसको मुल्य ४२ लाख ९६ हजार देखि ४६ लाख ९६ हजार सम्म पर्ने कम्पनीले जनाएको छ । ‘कारको आर्कषक वनावट, अत्याधुनिक विशेषता र ५० प्रतिशत भन्दा बढी उच्च कोटीको स्टिलको प्रयोगले पनि कार बलियो र सुरक्षित निर्माणको उत्कृष्ट संगालो’ भएको कम्पनीको दाबी छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button