पोखरामा ‘ट्यालेन्टहन्ट’ मार्फत क्रिकेट खेलाडीको खोजी

पोखरा न्युज । 

पोखरामा ट्यालेन्टहन्ट मार्फत क्रिकेट खेलाडीको खोजी अभियान थालिएको छ । उक्त कार्यक्रममा कास्की लगाएत अन्य जिल्लाबाट करिब १ सय जना खेलाडीको सहभागिता रहेको थियो । शनिबार दिनभरी जसो उनीहरुले पोखरा रंगशालको मैदानमा व्याटिङ्ग, बलिङ्ग र विकेट किपिङ्ग गरेर आफ्नो प्रतिभा देखाएका थिए ।

सहभागि १ सय जना  मध्ये ७ जना वन्द प्रशिक्षणका लागि छनौटमा परेको पोखरा राइनोज टिमका व्यवस्थापक सुविन मानन्दरले जानकारी दिए । उनका अनुसार मेख वहादुर सेन, प्रकाशखनाल, विजयनविष्ट, दिपकगुरुङ्ग, कुशलमल्ल, सुमन गुरुङ्ग र देव शाह रहेका छन । सोहिलकुवंर र सृष्टीलौडारी लाई विशेष प्रवेश पाएका छन भने किरण पौडेल र विश्वास पराजुलीलाई अतिरिक्तमा राखिएको छ । ति मध्ये वन्द प्रशिक्षण वाट एक जनालाई टिममा मौका दिइने मानन्धले वताए ।

नेपालको सबैभन्दा ठूलो मानिएको क्रिकेटको महाकुम्भ खेल एभरेष्ट प्रिमियर लिग ‘इपिएल’ पुष ४ देखि १६ गते सम्म काठमाण्डौमा सम्पन्न हुँदै छ । सोही प्रतियोगितामा सहभागीताका लागि क्रिकेट खेलाडीको लुकेको प्रतिभा बाहिर ल्याउन तथा पोखराको टिमबाट सहभागी गराउन यस प्रकारको कार्यक्रम आयोजना गरिएको पोखरा राइनोज टिमका खेलाडी शक्ति गौचनले जानकारी दिए ।

राष्ट्रिय खेलाडी गौचनका अनुसार छनौटमा परेका ७ जनालाई करिव १५ दिनको प्रशिक्षण शिविरमा राखिने छ र त्यस मध्येबाट एक जनालाई टिमबाट खेल्ने मौका प्रदान गरिने छ । १५ जनाको टिम सदस्यमा एकजना स्थानिय नयाँ अनुहार लाई मौका प्रदान दिनु प्रमुख उद्धेश्य रहेको गौचनले वताए । नेपालको खेल जगतमा यो राम्रो अभ्यासको थालनी भएको बताउँदै गौचनले स्थानिय स्तरको क्रिकेट जग बलियो बनाउन इपिएल महत्वपुर्ण हुने बताए ।

ट्यालेन्टहन्ट कार्यक्रमको सुरुवात गर्दै पोखरा लेखनाथ महानगर पालिका मेयर मानवहादुर जिशीले पोखरामा अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माण गर्न पनि यस्ता महत्वपुर्ण खेलहरु आयोजन हुनु पर्ने बताए । खेलकुद मार्फत पर्यटन प्रवद्र्धन गर्न र खेलकुदमा निजी लगानीको सहभागिता जुटाउन महानगरको प्रयास रहने बताउँदै मेयर जिशीले यस्ता कार्यक्रमले महानगरलाई थप उत्साहित वनाएको बताए ।

पोखरामा आयोजना हुने इपिएलमा देशका ६ ठूला शहर पोखरा, काठमाण्डु, विराटनगर, भैरहवा, विरगंज र ललितपुर गरि ६ टिमको सहभागिता रहने छ । प्रत्येक टिममा राष्ट्रिय स्तरका १५ जना खेलाडीको सहभागिता रहनेछ भने अन्य देशका खेलाडीहरु पनि यि टिममा सहभागिता जनाउने छन । निजी क्षेत्रले सुरु गरेको क्रिकेट एपिएलमा जित्ने टिमले २१ लाख रुपैयाँ नगद पुरुस्कार पाउने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button