पोखरामा दक्षिण एशियाली सेभेन ए साईड फुटबल प्रतियोगिता हुने

पोखरा न्युज । 

१२ औं दक्षिण एशियाली सेभेन ए साईड फुटबल प्रतियोगिता आगामी पुष अन्तिम साता देखि पोखरामा हुने भएको छ । सेभेन ए साईड फुटबल फेडरेसनको आयोजनामा पुष २९ देखि माघ ४ गतेसम्म पोखरामा उक्त प्रतियोगिता हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

नेपालमा दोश्रो पटक हुन लागेको उक्त प्रतियोगितामा नेपाल सहित भारत, माल्दिभ्स, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तानबाट एक एक टिमको सहभागिता हुने भएको फेडेरेसनका अध्यक्ष एवं मुल संयोजक नविन पुनले बताए । प्रतियोगितामा विजेता टिमलाई दुई लाख, दोश्रो हुनेलाई एक लाख नगद पुरस्कार प्रदान गरिएने भएको हो । लिग कम नकाउटका आधारमा प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता सम्पन्न गर्न १८ लाख ५० हजार खर्च लाग्ने र प्रतियोगिताबाट १९ लाख ५० हजार आम्दानी गर्ने लक्ष्य राखिएको महासचिव डिबी नेपालीले बताए ।

कोषाध्यक्ष सुनिल जिसीको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ । पोखरालाई पर्यटनको शहरको रुपमा विकसित गर्न पनि यस्ता प्रतियोगिताले थप टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button