पोखरामा दृष्टिबिहिनको क्षमता अभिबृद्धि गर्न जग्गादान

पोखरा न्युज ।

दृष्टिबिहिन भई अपाङगता भएका व्यक्तिहरुको क्षेमता अभिबृद्धि गर्ने उद्धेश्यले पोखरामा एक जना दानविरले जग्गा दान गरेका छन।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ चाउथेका भिमसेन तिमिल्सिनाले शनिबार एक समारोहका बिच करिब एक करोड मुल्य बराबरको जग्गादान गरेका हुन।

नेत्र हिन संघ कास्कीलाई तिमिल्सिना र उनकी धर्मपत्नी बन्दना तिमिल्सिनाले पोखरा चाउथेमा रहेको ५ आना २ पैसा करिब एक करोड मुल्य बराबरको जग्गा दान गरेका हुन। असाय बालबालिकाहरुको शिक्षा दिक्षा तथा उनीहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले चाउथेमा रहेको उक्त जग्गा आफुहरुले संघलाई दान गरेको तिमिल्सिनाले जनाए ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ चाउथेका तिमिल्सिना दम्पत्ति जग्गा दान पछि खुसि व्यक्त गर्दै आफ्नो सामाजिक उत्तरदाहित्व अन्र्तगत उक्त सहयोग गरेको बताए ।

दृष्टिहिन बालबालिकाहरु तालिम लिदा तथा कुनै सिप सिक्दा भूईमा बसेको देखेर आफुहरु प्रभावित भएर आफुहरुले उक्त सहयोग गर्ने निर्णय गरेको उनले जनाए । लायन्स क्लव अफ पोखरा चौतारीका एम.जी.एफ. तिमिल्सिनाले सामाजिक उत्तरदाहित्व अन्र्तगत आफ्नो क्षेमताले भ्याएसम्मको सहयोग गरेको जनाए ।

कास्की नेत्र हिन संघका अध्यक्ष लक्ष्मण सुवेदीले प्राप्त जग्गा सहयोगलाई आफुहरुले सहि ढंगसंग परिचालन गरी दृष्टिबिहिनहरुको हकहितको लागि विभिन्न कार्यक्रम गर्ने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button