कास्कीमा नमुना मतदान, ९२ प्रतिशत मतदान सदर

रोहितराज पराजुली,

पोखरा न्युज ।

निजिकिदै गरेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गदै शनिबार पोखरामा नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको छ । मतदातालाई मतपत्रमा स्वास्तिक छाप लगाउन सिकाउने उदेश्यसहित नागरिक समाज पोखराको आयोजना तथा क्षेत्रीय निर्वाचन कार्यालय पोखराको प्राविधिक सहयोगमा मतदाता शिक्षासँगै नमुना मतदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागि मतदाताहरुमध्ये ९२ प्रतिशतले सही रुपमा मतदान गरेका थिए । बाकी ८ प्रतिशतले मत हाल्न नजानेको क्षेत्रीय निर्वाचन कार्यालय पोखरा प्रमुख गंगालाल सुवेदीले जानकारी दिए । कार्यक्रममा ४० जनाले मतदान गरेकोमा ३ जनाले मात्र बिगारेको सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार, तीन जनाले हालेको मत बदर हुने गरी नभै समानुपातिकको मतपत्रमा दुई वटा छाप लगाउनुपर्नेमा १ बटा मात्र छाप लगाएको उनले जानकारी दिए ।

आफुहरुले मतदाताहरु अलमल हुन्छन कि भन्नेमा डर लागेकोमा सहजै तरिकाले उनीहरुले मत हालेकाले कास्कीमा अघिल्लो निर्वाचनको तुलनामा यस पटक कम मत बदर हुनेमा आफुहरु आशाबादी रहेको बताए । कार्यक्रममा ९२ वर्षीया मङ्गला जलारी देखि पहिलो पटक मतदान गर्न लागेको मतदाताहरु सहभागी भएका थिए ।

नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले आफुहरुलाई सुरुमा प्रकृया नबुझ्दा केही अलमल भएपनि मत हाल्दा कुनै अलमलमा नपरि सहज ढङले मतदान गरेको बताए । मत सगै ३ बटा मतपेटीका भएका कारण समेत अलमल नभएको पौडेलको भनाई थियो ।

कार्यक्रममा ९२, ८५ र ७८ वर्षका बृद्धले समेत मतदान गरेको र बिग्रेको मतपत्र उनीहरुले गरेको हुन सक्ने भन्दै पौडेलले युबा भन्दा पनि वृद्धवृद्धा प्रति लक्षित गरी मतदाता शिक्षा कार्यक्रम संचालन गर्न आयोगलाई सल्लाह दिए । उनले दलहरुले समेत मतदातालाई चुनाबि आश्बासन बाड्न भन्दा पनि प्रत्येक मतदाताको घरमा पुगी मतदान प्रकृकयाका बारेमा जानकारि गराए बदर मत घट्ने र त्यसबाट उम्मेदबारहरुलाई फाईदा हुने बताए ।

पत्रकार तारा चापागाईले मतदान प्रकृयाका बारेमा सुरुमा आफुलाई केही कन्फ्युज भएपनि प्रत्यक्ष रुपमा मतदान गर्दा सहज भएको बताईन । उनले समेत गाम्रीण भेग सगै बृद्ध बृद्धालाई लक्षित गरि मतदाता शिक्षा कार्यक्रम संचालन गर्न सल्लाह दिईन । हाल दलहरु दल बल सहित चर्को माईक बजाएर हिड्दै गरेकोमा त्यो काम रोकि मतदाताको दैलो दैलोमा गएर मत हाल्ने तरिका सिकाए थोरै मत अन्तरले हुने हारजित कम हुने बताईन ।

स्रोत: नयाँपत्रिका https://www.enayapatrika.com/2017/11/18/323/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button