वाम गठबन्धन कम्युनिस्ट आन्दोलनकै महत्वपूर्ण चरण – सुवेदी

पोखरा न्युज ।

राजनीतिक विश्लेषक झलक सुवेदीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको वाम गठबन्धन कम्युनिस्ट आन्दोलनकै एउटा महत्वपूर्ण चरण भएको बताएका छन् । उनले कम्युनिस्ट आन्दोलनमा लागेका धेरैले यो गठबन्धनले लिएको लक्ष्य र पाइलालाई लामो समयसम्म पछ्याउनु पर्ने बताए । पोखरा लेखनाथ २८ माझठानामा शनिबार वाम गठबन्धनका उम्मेदवारलाई मत माग्दै घरदैलोमा पुगेका उनले गठबन्धनले नेपालमा राजनीतिक स्थायित्व ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कसैलाई नेता, मन्त्री, वा प्रधानमन्त्री बनाउनका लागि यो गठबन्धन नभएको बताउँदै सुवेदीले राजनीतिक स्थायित्व र आर्थिक समृद्धितर्फ अगाडि बढ्दै साम्यवाद सम्म पुग्ने लक्ष्य लिएको बताए । वाग गठबन्धन भएपछि दक्षिणपन्थीलाई पनि गठबन्धन गर्न दबाब परेको दाबी गर्दै सुवेदीले राजनीतिक स्थायित्व र देशको विकासका लागि वामगठबन्धनको विकल्प नभएको बताए ।

कार्यक्रममा प्रतिनिधि समा क्षेत्र नम्बर १ का वाम वठबन्धनका साझा उम्मेदवार खगराज अधिकारीले लोकतन्त्र, नागरिक स्वतन्त्रा र राजनीतिक अधिकारका लागि लामो समय आन्दोलन गरेका केपी ओली र प्रचण्डले अधिनायकवाद ल्याउन खोज्दैछन् भन्नुमा तुक नभएको बताए । ‘ राखी— मिजुरे सडकको अवस्था देख्दा मलाइ अहिले माझठानामा आएर बोल्दा निकै पीडा महसुस भएको छ, ’ अधिकारीले भने, ‘ अब फेरि यही धुले बाटोमा मोटर गुडाउँदै भोट भोट दिनुस भन्न आउँदिन, अर्को पटक आउँदा यसलाई स्तर उन्नति गरेर पिच बनाउने प्रतिबद्धता व्यक्त गर्दछु । ’ नगरपालिकामार्फत् १० करोड बजेट ल्याएर माटोलाई स्तर उन्नति गर्नेकाम सुरु भएको समेत बताए । अधिकारीले राखी—मिजुरे सडक खण्डको पायक पर्ने ठाउँमा ट्रमा सेन्टर स्थापनाको लागि काम अगाडि बढाएको बताए ।

क्षेत्र नम्बर १ खका प्रदेश सभा उम्मेद्वार मनबहादुर गुरुङले जनताका आधारभूत आवश्कतालाई ध्यानमा राखेर काम गर्ने बताए । उम्मेद्वारहरुले पोखरा २८ का विभिन्न ठाउँमा घरदैलो गरेका थिए भने घरदैलोमा पुगेका स्थानीयले फूल मालाले स्वागत गरेका थिए । उम्मेदवारसँग रहेका कलाकार पदमराज ढकाल, शिवहरि ढुंगाना, वसन्ती थापा र ऋतु परियारले गीतमार्फत उम्मेदवारको पक्षमा भोठ मागेको थिए । यसैबीच क्षेत्र नम्बर एकका वाग गठबन्धनका उम्मेद्वारलाई जिताउन शनिबार क्षेत्र नम्बर १ अगुवा कार्यकर्ता भेला समेत भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button