विकास बाहेक कुनै सपना छैन – अधिकारी

पोखरा न्युज ।

बाम गठवन्धन कास्की क्षेत्र नं. २ का उम्मेदवार रविन्द्र अधिकारीले विकास बाहेक आफ्नो कुनै स्वार्थ र सपना नभएको बताएका छन् ।
कम्तिमा पाँच बर्षमा देशलाई विकासको बाटोमा अगाडि बढाउने खाका तयार गर्न आफुहरूको गठनवन्धन बनेको भन्दै उनले भेदभावरहित समतामूलक समाज निर्माणमा केन्द्रीत रहने बताए ।

अधिकारीले जनताले दिएको म्यान्डेटलाई आफुले उच्चतम सम्मान गर्दै कास्कीका मात्र नभई देशलेनै गौरव गर्नेगरी आगामी दिनमा अझै रचरात्मक काममा अघि बढ्ने बताए । पाँच बर्षमात्रै हामीलाई म्यान्डेट दिनुस् त्यसपछि भोटमाग्न आउन नपर्ने गरी काम गरेर देखाउँछौं ।
बाँकी समयपछि स्वयम जनताहरूनै जिम्मेवार भएर थप म्यान्डेटका लागि अघि सर्ने वातावरण आफुहरूले निर्माण गर्ने बताए ।

अधिकारीले पोखरा लेखनाथ महानगरपालिका वडा नं. २१ कृष्तिमा शनिबार जनतासँग भेट्घाट गर्ने क्रममा आयोजित सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । वृहत पोखराका अवधाराण सँगै कास्कीको वृहत्तर विकासका निम्ति महानगर वरीपरी स्याट्यालाईट सिटीहरूको निर्माणमा अझै लाग्ने बचनवद्धता व्यक्त गरे । सो अवसरमा प्रदेशसभा कास्की क्षेत्र नं. २ (१) का बामगठनवन्धनका प्रत्यासी कृष्ण थापाले सम्बोधन गर्दै सुविधासम्पन्न नमूना प्रदेश बनाउन आफ्नो उम्मेदवारी भएको भन्दै पोखराका सबै वडाहरूमा समानुपातिक विकासमा जोड्दिने बताए ।

अवको विकास उधारा सपनाहरूको नभई आफुहरूले विकास हात हातै दिन चाहेको बताए । शनिबारै अधिकारी र थापाले पोखरा लेखानाथ वडा नं. २१ को कृष्ति स्थित रामदी, मट्टिखान, बक्रेत् र वडा नं. ४ का विभिन्न स्थानहरूमा जन साक्षात्कार कार्यक्रम गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button