कास्की निर्वाचन क्षेत्र न २ का उम्मेदवार अधिकारीद्वारा निर्वाचनका कार्यक्रम स्थगित

पोखरा न्युज ।

नेकपा एमालेका केन्द्रीय सदस्य एबम बाम गठ्बन्धन कास्की निर्वाचन क्षेत्र न २ का उम्मेद्वार रबिन्द्र अधिकारिले आइतबारका लागि पुर्ब निर्धा्रित निर्बाचन प्रचारका कार्यक्रम स्थगित गरेको जनाएका छन।

बाम गठबन्धनको सहयात्री दल ने. क .पा. माओबादी केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधान मन्त्री पुष्पकमल दाहालका सुपुत्र प्रकाश दाहालको असामयिक निधनका कारण आइतबारका लागि आफ्नो पुर्ब निर्धा्रित निर्बाचन प्रचारका सम्पुर्ण निर्बाचनका गतिविधि स्थगित गरियको एक प्रेस नोट जारी गर्दै जानकारी दिएका छन। अधिकारीले बिज्ञपति जारी गर्दै प्रकाश दाहाल प्रती हार्दिक श्रद्धाञ्जली सहित शोक सन्तब्ध परिबारमा समबेदना ब्यक्त गरेका छन ।

साथै भोलि मङ्सिर ४ गते सोमबारका कार्यक्रम गठबन्धनको निर्णय अनुसार तय हुने बताइएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button