उम्मेदवार थापालाई पोखरा १६ का अर्मलाबासीको १० बुदें माग

पोखरा न्युज । 

पोखरा महानगरपालिकाको वडा नं १६ को अर्मलामा आफनो घरदैलो गर्ने क्रममा कास्की क्षेत्र नं २ प्रदेश सभा सदस्य खका उम्मेदवार विन्दुकुमार थापालाई १० बुदें मागपत्र पेश गरेका छन् । घरदैलो पछि चुनावी सभालाई सम्बोधन गर्ने क्रममा स्थानीय अर्मलाकोट आमा समूहले १० बुदें मागपत्र पेश गरेका हुन् । मागपत्रमा शिक्षा स्वास्थ्यसँगै खानेपानी समस्या, सडक स्तरोन्नति र आमा समूहको लागि बहुउद्देश्यीय भवन निर्माणको लागि सहयोग गरिदिनुपर्ने लगायतका विषयबस्तु समेटिएको छ ।

“नयाँ परिवर्तन चाहेका छौं । हाम्रो माग तपाईले सम्बोधन गर्नुपर्छ ।”स्थानीय आमा समूहले भने । उम्मेदवार थापालाई आशिर्वाद दिदैं स्थानीय चाहेको परिवर्तनलाई सम्बोधन गर्नुपर्ने सुझाए । थानीयबासी सम्बोधन गर्दै उम्मेदवार थापाले आफनो तर्फका आमा समूहले बुझाएको मागपत्रलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए । “म यतिबेला चुनावी मैदानमा छु ।” उनले भने –“सबैको आशिर्वाद र सहयोगले मागलाई सम्बोधन गर्ने ठाँउमा पुग्न सकुँ ।”

महानगरपालिकाको वडाभित्र समेटिएपनि खानेपानी र सडकको दुराबस्था भने जताततै छ । त्यसमा पनि अझ वडाकै दुर्गम अन्तर्गत गर्ने अर्मलाकोटमा यातायातको पहुँच पुगेपनि सडकको स्तरोन्नति गर्नुपर्ने खाँचो छ । थापाले समृद्धिको मानवीय जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा स्वास्थय, रोजगारीसँगै सडक, खानेपानी, विद्युत आपूर्ति हुनुपर्ने बताए । “ग्रामीण विकासले शहरी विकासको प्रत्याभूति हुन्छ । त्यसैले गाँउहुदैं शहर र अनि देश विकास तर्फ उन्मुख हुनुपर्छ ।” थापाको भनाई थियो ।

बिहीबार साँभसम्म मतदातासँग भेटघाट गर्न थापा अर्मलाकोट, डिहीगाउँ लगायतका ठाँउमा घरदैलो गरेका छन् । सभामा अर्मलाकोट आमा समूहकी अध्यक्ष नरशोभा गुरुङ, नेपाली काँग्रेसका महाधिवशेन प्रतिनिधि पदमसिंह गुरुङ, पुर्व सांसद बृन्दा राना, दलित संघ कास्कीका जिल्ला सचिव गोविन्द नेपाली लगायतले काँग्रेसलाई भोट दिन सबैसँग आग्रह गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button